Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

टेक्ससमा नेपाल र अमेरिकाबीच टि ट्वान्टी श्रृंखला हुने

टेक्ससमा नेपाल र अमेरिकाबीच टि ट्वान्टी श्रृंखला हुने

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८१
images
टेक्ससमा नेपाल र अमेरिकाबीच टि ट्वान्टी श्रृंखला हुने

सुरज भण्डारी

टेक्सस (अमेरिका) । 

अमेरिकाको टेक्सस राज्यको ग्राण्डपेरी शहरमा नेपालले अमेरिकासँग तीन खेल सम्मिलित टि ट्वान्टी श्रृखंला खेल्ने भएको छ । अमेरिका र स्कटल्याण्ड सम्मिलित आईसिसी क्रिकेट वल्र्ड लिग टु एकदिवसिय श्रृखंला खेल्न अमेरिका आउन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लिग टु को खेल अघि अमेरिकासँग टि ट्वान्टी श्रृंखला खेल्ने भएको हो । 

ग्रान्ड पेरी क्रिकेट स्टेडियममा हुने टि ट्वान्टी क्रिकेट श्रृखंला १७ अक्टुबर देखि २० अक्टुबर सम्म हुनेछ । 

टि ट्वान्टी क्रिकेट श्रृखंला पश्चात नेपालले अक्टुबर २५ देखि नोभेम्बर ४ सम्म हुने लिग टु श्रृखंला खेल्नेछ । 

युएसए क्रिकेटले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल र अमेरिका बीचको टि ट्वान्टी क्रिकेट श्रृंखला  अनि तीन देश सम्मिलित लिट टु को खेलहरुका बारेमा जानकारी गराएको हो । दुवैं श्रृंखलाका लागि टिकट समेत खुल्ला गरिएको छ । टिकट दर खेल अनुसार अमेरिकी १० देखि १५ डलर राखिएको छ ।  

युएसए क्रिकेटका अध्यक्ष भेनु पिसिकेले क्रिकेट प्रेमी समुदाय रहेको स्थानमा खेल हुने कुराले आफू धेरैं खुशी भएको र सबै क्रिकेट प्रेमीहरुलाई मैदानमा आई खेलाडीहरुलाई हौसला प्रदान गर्न आग्रह गरेका छन् । 

 

नेपाल र अमेरिका बीचको टि ट्वान्टी श्रृंखलाको पहिलो खेल १७ अक्टुबर, दोस्रो खेल १९ अक्टुबर र तेस्रो खेल २० अक्टुबरमा हुनेछ भने सबै खेल अमेरिकाको सेन्ट्रल समय साझ  ७ बजेबाट हुनेछ । 

यसैगरी, स्कटल्याण्ड, अमेरिका र नेपाल सहीतको लिग टु एकदिवसिय श्रृखंलाको पहिलो खेल अमेरिका र स्कटल्याण्डको बीचमा २५ अक्टुबरमा, दोस्रो खेल अमेरिका र नेपालको बीचमा २७ अक्टुबरमा, तेस्रो खेल नेपाल र स्कटल्याण्डका बीचमा २९ अक्टुबरमा,चौथो खेल अमेरिका र स्कटल्याण्डको बीचमा ३१ अक्टुबरमा, पाचौं खेल नेपाल र अमेरिकाको बीचमा नोभेम्बर २ मा र अन्तिम खेल नेपाल र स्कटल्याण्डको बीचमा नोभेम्बर ४ मा हुनेछ । नेपालको राष्ट्रिय क्रिकेट टोली अक्टुबरको दोस्रो सातासम्म अमेरिका आईसक्ने बतईएको छ ।  

हाल क्यानडामा रहेको नेपाली राष्ट्रिय टोलीले ओमान र क्यानडासँगको लिग टु श्रृंखलामा प्रतिष्पर्धा गरेको थियो ।

नेपालले क्यानडासँगको २ खेलमा पराजित भएको थियो भने ओमानसग एक खेल हार्दा अर्को खेल बर्षामा कारण अंक बाँडेको थियो ।

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - २१:२१:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend