नेपालका बाढीपीडितलाई सहयोग गर्न अमेरिकाको एक संस्थाले चन्दा संकलन शुरु गरेको छ । पूर्वेली समाजले यो कामको शुरु गरेको हो । अध्यक्ष तुलसी खड्काको अग्रसरतामा यो कार्यक्रम अगाडी बढाइएको बताउनु भयो ।
“नेपालबाट सहयोगको अपेक्षा गरेका छन्
यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा हाल बाढीबाट पीडित र खानाविना सडकमा भोकै बसेकाहरूलाई खाद्यान्न उपलब्ध गराउनु र पुनर्निर्माणमा सहयोग गर्नु रहेको छ ।” खड्काले भन्नुभयो ।
अध्यक्ष खड्काले थप्नुभयो, “हामी विश्वभरका सबै सहयोगी हातहरूलाई आह्वान गर्दछौं। यस दुखद घडीमा एक मानवले अर्को मानवलाई सहयोग गर्नु मानवता हो । चन्दा मार्फत जम्मा गरेको रकम सरकारी संयन्त्रबाट सिधै वितरण गरिने जानकारी गराउन चाहन्छु ।”
सहयोगको लागि खोलिएको यो लिंक मा क्लिक गर्नुहोस ।