यस वर्ष २०२४ मा गाई पूजा नोभेम्बर २ शनिबारका दिन गरिने छ । सो दिन पूजा गर्नका अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा गाई ल्याई सकिएको छ ।
गाई पूजा बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म हुनेछ। हिन्दु बुद्ध मन्दिरका तर्फबाट स्वयम सेवक तरुण पौडेलले समुदायको चाहना अनुसार यस बर्ष पनि गाई ल्याईएको बताए ।
मन्दिरमा गाई पूजा २०२४ !!!
"यस वर्ष २०२४ को तिहारमा हिन्दु बुद्ध मन्दिर ग्लेन आर्ममा गाइको पूजा नोभेम्बर २ शनिबार बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म हुनेछ। गौपूजन कार्यक्रमको संयोजन गतसाल जस्तै पर्वत समाजले गर्ने छ। मन्दिरमा गाई ल्याइदैछ। मन्दिरमा साक्षात लक्ष्मी माताको प्रतीक गाइ पुज्न सपरिवार आउनुहोला।" तरुण पौडेलले भने ।
विदेशी भूमीमा पनि नेपाल जस्तै गरि गाई नै ल्याएर धुमधामसँग पूजा गर्न पाउंदा नेपालीहरु खुशी भएकोले यो बर्ष पनि मन्दिर व्यबस्था समितिले जनाएको छ ।
प्रत्यक्ष गाई पूजा गर्दा दोश्रो पुस्ता बालबालिका आश्चर्यमा भएका थिए । बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरको प्राङ्गणमा गङ्गा र जमुना नामका दुई वटा बाछी ल्याइएको र गाई पूजा गराउने जिम्मा हिन्दु बुद्ध मन्दिर तथा सन् २०१२ मा स्थापित पर्वत समाज अमेरिकाले गरेका थिए । यस बर्ष पनि पर्वत समाजले नै गाई ल्याउने भएको समाजका अध्यक्ष रविन शर्माले जानकारी दिए ।