'नभुलिने धुनहरू' कार्यक्रमलाई अमेरिकाको बाल्टिमोरमा सम्पन्न भएको छ ।

“नेपाली अमर गीत संगीत र त्यसलाई अमर बनाउने सर्जकहरूलाई सम्झना र साङ्गीतिक सम्मान गर्ने हाम्रो प्रयासमा यति धेरै माया र सम्मान प्राप्त हुनेछ भन्ने हामीले कल्पना गरेका थिएनौं। तर, संगीत प्रेमीहरूको भव्य उपस्थिति र अन्तिमसम्म दिएको साथ र सद्भाव अविस्मरणीय रह्यो।” आयोजकद्वारा जारी वक्तव्यमा भनिएको छ ।

कार्यक्रममा नेपाली कालजयी गीतहरु मात्र हैन, गीतहरूका पछाडि लुकेका कथा र जानकारीहरू समेत सुनाईएको थियो ।
एक सय बिस दर्शकलाई मात्र सहभागी गराउने गरी तयारी गरेपनि त्यो भन्दा बढि दर्शक सहभागी भएका थिए ।

कालजयी गीतहरूको सांझमा गायक कुशल पोखरेलले विभिन्न पुराना गीतहरु गाएर सुनाएका थिए । कुशललाई बासुरीमा रोशन पराजुली, सरोद/गितारमा अपिल पौडेल, तबलामा प्रमोद उपाध्यायले सघाएका थिए ।

गीतकार सतीश चापागाईको गीत तपाईंको लागि :