आज नोबेम्वर २,२०२४
अनेसास बिओटी सल्लाहकार तथा साहित्यकार सीता पाण्डेको आयोजना र अनेसास मेरिल्याण्ड समेतको सकृयतामा मेरिल्याण्डको गेटेसबर्गमा शुभदीपावलीको अवसरमा शुभकामना आदान प्रदान सहित प्रसिद्ध गीतकार एवम् साहित्यकार डा. कृष्णहरि बराल र चर्चित साहित्यकार आरडी शर्मा युयुत्सुको सम्मानका साथै अनेसास मेरिल्याण्डका महासचिब तथा कवि, गीतकार सहदेव कोइरालाको खोज्दा खोज्दै गीत संग्रहको लोकार्पण कार्यक्रम समेत सम्पन्न गरियो।

कार्यक्रममा विशिष्ट साहित्यकारहरूलाई खादा लगाएर सर्जक सीता पाण्डेले स्वागत गर्नु भयो।मन्तब्यका क्रममा डा. बरालले नेपाली साहित्यको चर्चा गर्दै भानुभक्तलाई चिनाउने मोतिराम हुन भने साहित्यमा लगानी गरेर पाठक समक्ष पुर्याउने प्रकासको समेत भुमिका महत्वपूर्ण रह्को कुरा उल्लेख गर्नु भयो। त्यसै गरी साहित्यकार युयुत्सले नेपालमा साहित्यिक पर्यटन (Tourism)को आवश्यकता र संभावना रहेको विषय उल्लेख गर्नु भयो।

डा. बराल र युयुत्सुले संयुक्त रूपमा गीतकार सहदेव कोइरालाको गीत संग्रहको बिमोचन गर्नु भयो। खोज्दा खोज्दै बाट जीवन त्यो गोरेटो हो.. नामको गीत गीतकार सहदेव कोइरालाले गाएर सुनाउनु भयो। जुन गीतका संगीतकार बरिष्ट संगीतकार दीप श्रेष्ठले संगीत भर्नु भएकोछ भने सुवर्ण श्रेष्ठको आवाज रहेकोछ।
कार्यक्रममा डा. कृष्णहरि बराल, आरडी शर्मा युयुत्स, सीता पाण्डे, डा.माधवी भट्ट, सुनिता बस्नेत र भैरब ढकाल समेत कविहरूले कविता पाठ गर्नु भएको थियो।कार्यक्रमको संचालन अनेसास मेरिल्याण्डका महासचिव सहदेव कोइरालाले गर्नु भएको थियो। कार्यक्रमको समापन गर्दै सर्जक सीता पाण्डेले निम्ता स्वीकारेर पाल्नु भएको सबैप्रति हार्दिक आभार ब्यक्त गर्नुभएको थियो ।