अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्टकी च्याप्टरको आयोजनामा ११५ औँ लक्ष्मीजयन्ती भब्यताकासाथ सम्पन्न भएको छ ।
केन्टकी राज्यको लेक्जिन्टन सहरमा आयोजित बृहत् साहित्यिक काव्य सभा अनेसासका केन्द्रीय सल्लाहकार एवंम् साहित्यकार गोवर्द्दन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा लुइभिल र लेक्जिन्टन सहरमा बसोबास गर्नुहुने बिभिन्न संघसंस्थाका प्रतिनिधि, प्रबुद्द वर्ग, साहित्यप्रेमी, व्यवसायी एवंम् समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
चर्चित वाचिका सरू गुरागाईले छन्दोबद्द प्रस्तुती र कलाकार वारूणी पाण्डेले मनोरन्जनात्मक नृत्य प्रस्तुत गरेका थिए ।
कला, संगीत, नृत्य साहित्यका बहुआयाम मिश्रित उक्त रचनावाचन समारोहमा दर्जनौँ स्रष्टा सर्जकहरूले आआफ्ना वजनदार रचनाहरू प्रस्ततु गर्नु भयो ।
सर्जकद्वय मुरारी गुरागाई, बिनोद सापकोटा, बद्री दाहाल, किशोर सुवेदी, प्रेम बस्याल, अर्जुन थापा, खेम रेग्मी, कमला रेग्मी, राधा थापा, चन्द्र अधिकारी, श्रीया खरेल, जमुना खरेल पौड्याल, चम्पा गौतमले बिभिन्न छन्द र रसले भरिएका सृजनाहरू प्रस्तुत गर्नु भयो ।
त्यस्तै अनेसासका आजीवन सदस्य तथा रचनावाचक स्रष्टाहरूलाई प्रमुख अतिथिबाट प्रशंसा पत्र समेत प्रदान गरिएको सहसचिव खेम रेग्मीले जानकारी दिनुभयो ।
अनेसास केन्टकी च्याप्टरका सभापति बद्री दाहालको सभापतित्वमा कार्यक्रमभएको थियो ।
केन्टकीमा यो नियमित छैटौँ शृङखलाको साहित्यिक गतिबिधि तथा जमघट हो ।