Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

क्यानडाको टोरन्टोमा १२ औं हिमालयन फेस्टिभल–२०१८ सम्पन्न, रामकृष्ण ढकाल प्रमुख आकर्षण

क्यानडाको टोरन्टोमा १२ औं हिमालयन फेस्टिभल–२०१८ सम्पन्न, रामकृष्ण ढकाल प्रमुख आकर्षण

सतीश चापागाईं

२०, भाद्र २०७५
images
  क्यानडाको टोरन्टोमा १२ औं हिमालयन फेस्टिभल–२०१८ सम्पन्न भएको छ । प्रत्येक वर्षको सेप्टेम्बर १ का दिन आयोजना हुने मेला यो बर्ष पनि सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ । यसपटकको मेलामा लोकप्रिय गायक रामकृष्ण ढकाल आकर्षणको केन्द्र बनेका थिए । उक्त कार्यक्रममा सहभागिता जनाउन गायक ढकाल पहिलो पटक क्यानडा पुगेका हुन् । हजारौं नेपाली सहभागि मेलाको कन्सर्टमा गायक ढकालले बिहान उठ्ने बित्तिकै...गीतमार्फत सांगीतिक प्रस्तुती प्रारम्भ गरेका थिए । राष्ट्रिय पोशाकमा सजिएर यो गीत प्रस्तुत गर्दा दर्शक दिर्घामा भावुकता छाएको थियो भने केही दर्शकका अँखा रसाएको थियो । कार्यक्रममा ५-६ हजार नेपालीहरुको सहभागीता रहको अनुमान गरिएको छ । फेस्टिबलमा नेपाली कला, संस्कृति, भेषभुषा, खाना र सांगीतिक प्रस्तुति समेत प्रदर्शन गरिएको थियो । यसैबीच क्यानडाको ओटावामा आयोजित रामकृष्ण ढकाल साँझ समेत भव्यताका सम्पन्न भएको सुसोस इन्टरनेशनलले जनाएको छ । कार्यक्रममा क्यानाडास्थित नेपाली राजदूतावासका राजदुत काली प्रसाद पोखरेलको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ढकाले दुई दर्जनभन्दा बढि गीत गाए । ढकालले गाइरहँदा उपस्थित दर्शकले स्वरमा स्वर मिलाएर साथ दिएका थिए । कार्यक्रम तीन घन्टासम्म चलेको थियो । सांगीतिक प्रस्तुतिका अतिरिक्त ढकाल घुमघाममा ब्यस्त देखिन्छन ।

images
प्रकाशित मिति :भाद्र २०, २०७५ बुधवार - २३:११:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend