कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसले जितेको छ।
कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत पाएर जित हासिल गरेका हुन्। यहां नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४५५५ मत पाएर दोश्रो भएका छन्।
त्यस्तै नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४३३७ पाए।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २०३६ मत, स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १३१४ मत र दिनेशकुमार अधिकारीले १०४८ मत पाएका हुन्।
यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९०४३ मत प्राप्त गरेका थिए।