Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको घोषणा

अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको घोषणा

नेप्लिज डायस्पोरा

२५, मंसिर २०८१
images
अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको घोषणा

 

अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने आफ्नो योजना रहेको बताएका छन्। 

 

राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका हुन्। 

 

ट्रम्मले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्नेछन्।

 

आफूले राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पुनरवलोकन गर्ने उनले बताएको बिबिसीले एनबिसीलाई उद्धृत गर्दै लेखेको छ। 

 

अब अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाउने तर कुनै पनि कागजात नभई अमेरिका पुर्‍याइएका आप्रवासीहरूबारे भने डेमोक्र्याटसँग मिलेर काम गर्ने पनि ट्रम्पले बताएका छन्। 

 

गीतकार सतीश चापागाईको शब्द र गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत

 

 

 

images
प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - ००:०७:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend