मेक्सिको सिटी/ मेक्सिको - मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकी राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पले सामूहिक रूपमा फिर्ता पठाउने आफ्ना नागरिकलाई स्वागत गर्न तयार रहेको बताएकी छिन् ।
उनले बिहीबार पत्रकारहरूसंग कुरा गर्दै कुनै पनि मेक्सिकनहरू देश आएभने उनीहरुलाई राख्ने आफ्नो योजना रहेको पनि बताईन।
उनले पत्रकार सम्मेलनमा मेक्सिकोले अमेरिकामा गैरकानुनी रूपमा बसेका आफ्ना नागरिकले अमेरिकी अर्थतन्त्रलाई नै सहयोग गरेको प्रमाणित गर्न आफू आतुर रहेको पनि बताइन् ।
“उनीहरुले हाम्रा नागरिकलाई निकाला गर्नु पर्दैन । हामी नै उपयुक्त योजना बनाएर फिर्ता ल्याउन सक्छौं ।” उनले भनिन ।
ट्रम्पले सोमबार स्पष्ट पारिसकेका छन की उनको प्रशासनले "सामुहिक देश फिर्ता कार्यक्रम" गर्न अमेरिकी सेना प्रयोग गर्नेछ।
ट्रम्पले २० मिलियन भन्दा बढी मानिसहरू अमेरिकामा अवैध रूपमा बसिरहेको भन्दै सबैलाई देश फिर्ता गरिदिने बताईसकेका छन् ।
ट्रम्पले थपे कि "सामुहिक निर्वासन" कोलोराडो र ओहायोमा सुरु हुनेछ ।