Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको निधन

अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको निधन

नेप्लिज डायस्पोरा

१५, पौष २०८१
images
अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको निधन

 

अमेरिकाका ३९ औं राष्ट्रपति जिम्मी कार्टरको आईतबार निधन भएको छ । उनी १०० बर्षका थिए । निधनको घडीमा उनी परिवारका सदस्यहरुको घेरामा थिए ।

 

कार्टरको दाहसंस्कार केही दिनमै जर्जियाको प्लेईन्स भन्ने ठाउंमा हुने बताईएको छ ।

 

अमेरिकी राष्ट्रपति जो बाईडेनले आफ्ना पुराना मित्रको निधनबाट आफू दुखी भएको बताएका छन् ।

 

कार्टर अमेरिकाका एक लोकप्रिय राष्ट्रपति हुन् ।

 

राजनीतिक जीवन छाडेर समाजसेवाको क्षेत्रमा सक्रिय कार्टरले  विभिन्न मानव सेवाका काममा आफूलाई समर्पित गराएका थिए । 

 

कार्टरले १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति थिए। राष्ट्रपतिको कार्यकालपछि उहाँले मानवअधिकार, शान्ति स्थापना र विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। यी कार्यहरूको कदरस्वरूप उहाँलाई २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

 

राष्ट्रपति कार्टरले नेपालमा पाँच पटक भ्रमण गरेका थिए ।

 

जसले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

उनकी श्रीमती रोजलिन कार्टरको गत बर्ष निधन भएको थियो । 

images
प्रकाशित मिति :पौष १५, २०८१ सोमवार - ०४:५२:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend