Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

न्यु योर्कमा ल्होसार सम्पन्न

न्यु योर्कमा ल्होसार सम्पन्न

नेप्लिज डायस्पोरा

१६, पौष २०८१
images
न्यु योर्कमा ल्होसार सम्पन्न

न्यू योर्क । द गुरुङ (तमु) सोसाइटी इन्क युएसएले गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०८१ विभिन्न सांस्कृतिककार्यक्रम गरी मनाएको छ। सोसाइटीले मुप्री ल्हो अर्थातगरुड वर्गको बिदाइ तथा सप्री ल्हो अर्थात सर्प बर्ष स्वागत गर्दै डिसेम्बर २८ मा विभिन्न सांस्कृतिक कार्यक्रमसाथ ल्होछार मनाएको हो। 

 

ज्येष्ठ नागरिक कमला गुरुङ, प्रमुख अतिथि हर्कजङ्ग गुरुङ, अध्यक्ष ओम बहादुर गुरुङ, विशेष अतिथि नेपालआदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरुङ तथा संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङले संयुक्त रुपमा पानसमा द्विप प्रज्वलन गरी कार्यक्रमको उद्‌घाटन गरेका थिए। 

 

सोसाइटी महासचिव मच्छेदेवी गुरुङले गुरुङहरू जहाँ गए पनि आफ्नो पहिचान र अस्तित्वका लागि राज्यका हरेक निकायमा गुरुङहरूको उपस्थिति बढाउनुपर्ने बताउँदै ल्होछारलाई जनजातिको पहिचान स्थापना गर्न र अधिकार सुनिश्चित गर्ने अभियानको रुपमा अगाडि लैजानुपर्नेमा जोड दिइन् ।

 

 उनले ल्होछार पर्व नयाँ पुस्तालाई गुरुङ संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी दिदैँ सम्पूर्ण गुरुङ जातिबीच आपसी सद्भाव कायम गर्न र सबै गुरुङहरूलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण अवसर रहेको तर्क गरिन्। 

 

कार्यक्रममा युवा बालबालिकाहरूको क्षमता अभिवृद्धिगर्ने उद्देश्यले स्थापित गुरुङ तमु स्टुडेन्ट क्लबको क्रियाकलापबारे क्लवका संयोजक मेलिशा गुरुङले ल्होछारको शुभकामना दिदैँ क्लवले गुरुङ जातिको संस्कार, संस्कृति, भेषभुषा जगेर्ना गर्न र बालबालिकाहरूको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम गरेको जानकारी दिइन् । 

 

सोसाइटीका वरिष्ठ उपाध्यक्ष अलिशा गुरुङले कार्यक्रममाउपस्थित सबैलाई स्वागत गर्दै ल्होछारको शुभकामना व्यक्त गरेकी थिईन। ल्होछार कार्यक्रम २०८१ का सांस्कृतिक संयोजक तथा सोसाइटीका उपाध्यक्ष लिल गुरुङ तथा कार्यसमिति सदस्य बिन्दु गुरुङले कार्यक्रमबारे जानकारी दिंदै कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्ने सल्लाहकार, कार्यसिमिति सदस्य, कलाकार, तमु आमा समूह तथा स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गरेका थिए। 

 

कार्यक्रममा न्यूयोर्क र न्यूजर्सीका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो । 

 

IMG_3076.jpeg

 

IMG_3075.jpeg

 

images
प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - ०८:१६:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend