Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकामा माघे संक्रान्ति मनाईदै

अमेरिकामा माघे संक्रान्ति मनाईदै

नेप्लिज डायस्पोरा

२०, पौष २०८१
images
अमेरिकामा माघे संक्रान्ति मनाईदै

विक्रम वारघरे । कोलोराडो। अमेरिकामा विविध कार्यक्रम गर्दै मगर संघ अमेरिकाले मगर समुदायको राष्ट्रिय पर्व माघे सङक्रान्ति २०२५ मनाउने भएको छ । मगर संघ अमेरीकाको मातहतमा रहेका ८ वटा च्यापटरहरुले फरक फरक दिनमा कार्यक्रम गर्दै माघे सङक्रान्ति मनाउन लागेका हुन् । 

   यहि जनवरी ५ मा न्यु जर्सि, ११ मा टेक्सस, १२ मा कोलोराडो , न्युवर्क,  ईलिनोए, १३ मा पेन्सनभेलिनिया र म्यास्याचुट , १८ मा डि. एम.भि. मा विभिन्न सास्कृतिक कार्यक्रम गर्दै माघे सङ्क्रान्ति  मनाईदै छ । 

टेक्सस च्यापटरको आयोजनामा टेक्ससमा हुन  लागेको माघे सक्रान्ति कार्यक्रममा राजेस पायल राईको मुख्य प्रस्तुति रहदा, भिम थापा, छविराज सुनार, लिलु गुरुङग, भिम चापागाई अमृता लुङगेलि मगरको पनि प्रस्तुति रहने टेक्सस च्यापटरका अध्यक्ष भिम थापा मगरले जानकारी दिनुभयो । 

त्यस्तै कोलोराडोमा यहि जनवरी १२ मा नेपाली घरमा हुन लागेको माघे सङक्रान्ति कार्यक्रममा मगरहरुको मौलिक परिकारहरु, सस्कृति तथा भेषभुषा, बारा, बटुक , नामेको साथमा लाईभ कौराह नृत्य, सोरठी, सालैजो , पन्जेवाजा लगाय विविध सास्कृतिक कार्यक्रहरु गर्दै माघे सङक्रान्ति मनाउन लागिरहेको र सम्पुर्ण मगर तथा गैर मगरहरुलाई उपस्थिति जनाउन कोलोराडो च्यापटरका अध्यक्ष कृष्ण थापा मगरले हामीसंगको कुराकानिमा आग्रह गर्नुयो । 

 मगर संघ अमेरीकका अध्यक्ष याम पुन मगरले परदेशमा रहे पनि आफ्नो भाषा, संस्कृति संस्कार आफुले अगाल्दै, अर्को पुस्तामा पनि हस्तातरण गर्नुपर्ने वताउनुभयो । संघले मगर संघको गौरबमय परियोजना "मगर सास्कृतिक क्रेन्द ( Magar Culture Center) न्युवर्कमा वनाउन लागेको र अहिले आर्थिक सहयोग संकलन भईरहेको वताउनुभयो । 

हरके वर्षको माघ १ गते माघे सक्रान्ति मनाउने गरिन्छ । माघे सक्रान्तिमा नामे (तरुल), वारा (वटुक) लगायतका विभिन्न परिकारहरु खाने चलन छ । माघे संक्रार्न्तिको अवसरमा मगर समुदायले विभिन्न मगर समुदायमा आधारित झ्याउरे, सालैजो , कौडा लगायतका नाचहरु नाच्ने तथा सास्कृतिक कार्यक्रमहरु गरी मनाउने गर्दछन् ।

images
प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - १८:२०:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend