Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकाको एक सिटीले संजीव श्रेष्ठको नाममा ‘संजीव श्रेष्ठ डे’ मनायो

अमेरिकाको एक सिटीले संजीव श्रेष्ठको नाममा ‘संजीव श्रेष्ठ डे’ मनायो

नेप्लिज डायस्पोरा

२४, पौष २०८१
images
अमेरिकाको एक सिटीले संजीव श्रेष्ठको नाममा ‘संजीव श्रेष्ठ डे’ मनायो

अमेरिकाको न्यू जर्सी राज्यको एक सिटीले रक्तदाता तथा सामाजिक अभियन्ता संजीव श्रेष्ठको नाममा सन् २०२५ को जनवरी ४ तारिखलाई ‘संजीव श्रेष्ठ डे‘ को रुपमा मनाएको छ । 

 

IMG_3400.jpeg

 

न्यू जर्सी राज्यको फेयर लन सिटीकी मेयर गेल फ्राईडबर्ग रोटनस्ट्रिचले अभियन्ता श्रेष्ठलाई नगरपालिकाको एक भव्य कार्यक्रमका बीचमा  जनवरी ६ , २०२५ तारिखलाई ‘संजीव श्रेष्ठ डे’ को रुपमा मनाएको घोषणा गरेकी हुन् । 

 

यो सिटीले आआफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिका नाममा कुनै एक दिनलाई सम्मान स्वरुप दिवस घोषणा गर्ने गरेको र उक्त एकदिन आफ्नो नाममा छुट्ट्याएको श्रेष्ठले नेप्लिज डायस्पोरालाई बताए ।

 

IMG_3399.jpeg

 

सामाजिक संस्था एआरसी नेपाल, एनआरएनए न्यूजर्सी च्याप्टर, न्युजर्सी नेपाली समाज र ग्रेटर न्यूजर्सी समाजले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रमका अवसरमा सिटी मेयरले श्रेष्ठलाई एक प्रोक्लमेसन पनि प्रदान गरेकी थिईन ।

 

श्रेष्ठले अहिलेसम्म ६३ पटक रक्तदान गरिसकेका छन् । नेपालमा रहंदा जुडो खेलका राष्ट्रिय खेलाडी रहेका संजीव श्रेष्ठ सन् १९९५ देखि अमेरिकामा छन् । एनआरएनए अमेरिकाको पूर्व सहकोषाध्यक्ष, आईसीसीको स्पोर्टस कमिटिका पूर्व चेयर र एनसीसी अमेरिका रिजनका बर्तमान डिआरसी समेत हुन् ।

उनलाई कोभीड १९ का बेला समुदायमा सक्रिय रुपमा सेवा र सहयोगमा खटिएको भन्दै न्यू योर्कका मेयरले कोभीड हिरोका रुपमा सम्मान गरेका थिए ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ०९:३२:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend