Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

नेपाल अमेरिका एकता समाजमा नयाँ कार्यसमिति

नेपाल अमेरिका एकता समाजमा नयाँ कार्यसमिति

images
नेपाल अमेरिका एकता समाजमा नयाँ कार्यसमिति

क्यालिफोर्निया । 

क्यालिफोर्नियाको लस एन्जल्समा सक्रिय नेपाल अमेरिका एकता समाजमा नयाँ कार्यसमिति गठन भएको छ । समाजको आईतबार सम्पन्न साधारणसभा तथा अधिवेशनवाट अर्जुन पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

गठित समितिको वरिष्ठ उपाध्यक्षमा राजेश निरौला, उपाध्यक्षमा रमेश श्रेष्ठ, महासचिवमा अजित बाबु घिमिरे, सचिवमा डा.दिलासा न्यौपाने र कोषाध्यक्षमा अमित महतो रहेका छन् । यस्तै, सदस्यहरुमा उत्तम थापा, महेन्द्र मगर, भूमिराज कंडेल, हरिश पौडेल र लोकराज पडाल रहेका छन् ।

 कार्यसमितिको गठन अघि समाजका अध्यक्ष रोशन अधिकारीको अध्यक्षता र नेपाल सरकारका महावाणिज्यदुत रिषी पुनाखर ढकालको आतिथ्यतामा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । सचिव शम्भु शिवाकोटीले सहजीकरण गरेको कार्यक्रममा संस्था को अध्यक्ष रोशन अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

IMG_3783.jpeg
समाजसेवी बेद भक्त जोशी, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समिति अमेरिकाज क्षेत्र महिला संयोजक तथा निर्वाचन समिति सदस्य ईन्दिरा त्रिपाठी, एनआरएनए अमेरिकाका उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ, श्री पशुपतिनाथ फाउण्डेशन लसएन्जल्सका अध्यक्ष बिमल श्रेष्ठ, पूर्व अध्यक्ष भक्त थापा, बोर्ड अफ ट्रष्टी अध्यक्ष एकराज पाण्डे, विधान समिति संयोजक राजेन्द्र शिवाकोटी, एनडब्लुजिएन, लसएन्जल्स अध्यक्ष सपना सेढाई, नेपाल अमेरिका पत्रकार संघका कार्यसमिति सदस्य हेमराज बराल, निर्वाचन समिति संयोजक लोकनाथ तिम्सिना लगायतले धारणा राखेका थिए ।

IMG_3781.jpeg

 

images
प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - ०७:५५:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend