राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा सांसद गणेश पराजुलीसंग अमेरिकाको मेरिल्याण्डमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा हुने भएको छ । पार्टीका अमेरिका संयोजक रमेश भट्ट नेपाली छोरोले यो जानकारी दिएका हुन् ।
कार्यक्रम यहि जनवरी २६ तारिखका दिन स्थानीय माउण्ट एभरेष्ट रेष्टुरेन्टमा दिउँसो २:०० बजे हुने पनि आयोजकले जनाएका छन् ।
पार्टीले ईच्छुक सबैलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ ।
“यो कार्यक्रम सांसद पराजुलीसँग प्रत्यक्ष भेटघाट गर्ने, नेपालको वर्तमान अवस्था र भविष्यको बारेमा छलफल गर्ने अवसर हो ।” अमेरिका संयोजक भट्टले भने ।