एनआरएनएका सबै राष्ट्रिय अध्यक्षहरुले आसन्न अधिवेशन एउटै मितिमा हुनुपर्नेमा एकस्वरमा बोलेका छन् ।
विभिन्न ३० देशका राष्ट्रिय अध्यक्षहरुले संयुक्त पत्र लेखेर परराष्ट्र मन्त्री डा. आरजु राणा समक्ष मिति घोषणाको लागि पहल गर्न अनुरोध पत्र पठाएका छन् ।
पत्र यस्तो छ:
श्री माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यू,
नेपाल सरकार
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौँ, नेपाल
विषय: गैरआवासीय नेपाली संघको एकता महाधिवेशनको लागि पहल गरिदिनु हुन विेशेष अनुरोध।
माननीय मन्त्रीज्यू,
गैरआवासीय नेपाली संघ (NRNA) सन् २००३ मा स्थापना भई विगत दुई दशकभन्दा बढी समय देखि विदेशमा रहेका नेपाली समुदायको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा सदुपयोग गर्न, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न तथा प्रवासी नेपालीहरूको हक, हित र अधिकारको पक्षपोषण गर्न कार्यरत रहीआएको छ।
विश्वका ८६ देशहरूमा राष्ट्रिय समन्वय परिषद्हरू (NCCs) गठन भएका छन भने ६० देशहरुमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूले अन्तर्राष्ट्रिय परिषद्को महाधिवेशनमा भाग लिने र संघको उद्देश्य अनुरुप सक्रिय रुपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेका छन। गैरआवासीय नेपाली संघका राष्ट्रिय र अन्तराष्ट्रिय परिषद्हरुले नेपालमा विभिन्न सामाजिक कार्य, प्राकृतिक विपद्का समयमा राहत, मानवसेवा तथा दीर्घकालीन विकास परियोजनाहरूमा सहयोग गर्दै आएको भए तापनि संघ भित्र देखा परेका विवादका कारण पछिल्लो समय संघको प्रभावकारिता र विश्वसनीयता कमजोर देखिएको छ।
राष्ट्रिय समन्वय परिषद्हरू बाट छनौट भएका प्रतिनिधिहरू द्वारा अन्तर्राष्ट्रिय परिषद् (ICC) गठन भई संघको केन्द्रिय गतिविधिहरू सञ्चालन गर्ने परिपाटी रहीआएको छ। विशेषगरी, संघको १०औं र ११औं अन्तर्राष्ट्रिय महाधिवेशन विवादास्पद बनेपछि संघ हालसम्मकै कठिन परिस्थितिमा रहेको छ। सर्वोच्च अदालतमा परेको उत्प्रेषणयुक्त परमादेश सहितको रिट उपर भएको फैसला बमोजिम गठित १३ सदस्यीय उच्चस्तरीय समितिले संघ भित्र रहेका सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्वद्द सम्पूर्ण विवादको समाधान गरी एकतापूर्ण महाधिवेशन गर्ने जिम्मेवारी पाएको छ। सो रिटको संक्षिप्त फैसला अनुसार परराष्ट्र मन्त्रालयले काटेको पत्रका विरुद्द परेको अर्को उत्प्रेशण समतेको रिट उपर आएको फैसलाले परराष्ट्र मन्त्रालयको पत्रलाई वदर गर्ने फैसला आए पश्चात संघ भित्रको विवादलाई झन् जटिल बनाइदिएको छ।
अहिले उच्चस्तरीय समितिका तर्फबाट मे महिनामा अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गरेर राष्ट्रिय समन्वय परिषद्हरू (NCCs) लाई सदस्यता खुलाउन, अधिवेशन सम्पन्न गर्न र ICC प्रतिनिधिहरुको समेत निर्वाचन गर्न कार्यविधि सहितको पत्राचार भएको छ भने ११औं महाधिवेशन बाट निर्वाचित दाबी गरेको कार्यसमितिका तर्फबाट पनि सदस्यता खुलाउन छुट्टै पत्राचार आएको छ। यदि समयमामै दुवै समूहबीच सहमति कायम गरी एकता महाधिवेशन गर्न सकिएन भने गैरआवासीय नेपाली संघ विभाजन हुने स्पष्ट संकेतहरू देखिएका छन्, जुन नेपाल र गैरआवासीय नेपालीहरूका लागि दुर्भाग्यपूर्ण हुनेछ।
यसै विषयमा केन्द्रित रहँदै विभिन्न देशमा गठित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरू (NCCs) का अध्यक्षहरूले हालै बैठक गरी गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषद्को महाधिवेशन वैधानिक तथा एकतामूलक हुने अवस्थामा मात्र सहभागिता जनाउने निर्णय गरेको माननीय मन्त्रीज्यू लाई अवगत गराउन चाहन्छौं।संघ भित्र देखिएका गम्भीर विवादका कारण विश्वभर रहेका गैरआवासीय नेपालीहरू चिन्तित भएका छन्। आपसी अविश्वास, कानुनी झमेलाहरू र महाधिवेशन सम्बन्धी अन्योलताले गर्दा संघ कमजोर बन्दै गएको छ। यस्तो अवस्थामा परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका अपरिहार्य देखिन्छ।
त्यसैले, माननीय मन्त्रीज्यू समक्ष हामी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरू उच्चस्तरीय समिति र ११औं महाधिवेशनबाट निर्वाचित दाबी गरेको अन्तराष्ट्रिय परिषद् बीच छलफलको वातावरण सिर्जना गर्न, संघको एकताका लागि पहल गर्न र निष्पक्ष, पारदर्शी र एकताको महाधिवेशनको लागि वातावरण निर्माण गर्नु हुन विशेष अनुरोध गर्दछौं।
हाम्रो आग्रहलाई गम्भीरतापूर्वक लिएर गैरआवासीय नेपालीहरूको यो सञ्जाललाई सशक्त, सक्रिय र उद्देश्य अनुरूप क्रियाशील बनाउन पहल गर्नुहुनेछ भन्ने कुरामा हामीले विश्वास लिएका छौं।
निवेदकहरु,
१. अनिल प्रोख्रेल - अष्ट्रेलिया
२. डा. अर्जुन वंजाडे – अमेरिका
३. नविन शिख्राकार – चिली
४. माधव दुलाल – क्यानडा
५. लाल केसी - न्यूजिल्याण्ड
६. हितकाजी गुरुंग - बेलायत
७. प्रकाश सापकोटा - आयरल्याण्ड
८. सिता सापकोटा - बेल्जियम
९. युध्द थापा - लक्जेम्वर्ग
१०. थानेश्वर कंडेल - नेदरल्याण्ड
११. लोक बहादुर पुन - फ्रान्स
१२. रेमलाल खनाल (रेम्स ) – माल्टा
१३. दिपा काफ्ले - पोर्टुगल
१४. गंगा घिमिरे – स्वीडेन
१५. कमल राज शर्मा – डेनमार्क
१६. बिष्णु गौतम - नर्वे
१७. ध्रुव पौडेल - अष्ट्रिया
१८. भवेश सिंह – इटाली
१९. बिकल झा – ओमान
२०. बिकास शाहि - युएई
२१. रबिन्द्र अर्याल - साउदि अरेबिया
२२. राजु कुमार श्रेस्ठ – बहराईन
२३. बिनोद श्रेश्ठ – ईराक
२४. रण ध्वज लामा - कुवेत
२५. रमेश भट्ट – कतार
२६. गोकर्ण ढकाल - हङकङ
२७. बुद्धि गुरुङ - दक्षिण कोरिया
२८. नविन निउरे – जापान
२९. लालसिंग खडका – कम्वोडिया
३०. निर्मल चौलागाई – चिन
३१. नारायण भण्डारी – हंगेरी
३२. रुस्थुम श्रेस्ठ – मकाउ
३३. प्रभाकर पराजुली - सिंगापुर
**वोधार्थ:**
- डा. शेष घले
- डा. उपेन्द्र महतो
- श्री जीवा लामिछाने
- श्री देवमान हिराचन
- श्री भवन भट्ट
- श्री राम प्रताप थापा
- श्री कुमार प्रसाद पन्त
- श्री विनोद कुंवर
- श्री उमेश कुमार पुडासैनी
- श्री जानकी गुरुङ
- श्री कुल आचार्य
- श्री डा. वद्री केसी
- श्री रविना थापा
- श्री गैरआवासीय नेपाली संघको सचिवालय