Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बानाको आगामी कार्यकालका लागि ४ अध्यक्ष सहित ३० जनाको उम्मेदवारी

बानाको आगामी कार्यकालका लागि ४ अध्यक्ष सहित ३० जनाको उम्मेदवारी

नेप्लिज डायस्पोरा

१२, फाल्गुण २०८१
images
बानाको आगामी कार्यकालका लागि ४ अध्यक्ष सहित ३० जनाको उम्मेदवारी

अमेरिकाको मेरिल्याण्ड राज्यमा राज्यमा रहेका नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका( बानामा) को २०२५- २०२८ को लागि हुदै गरेको निर्वाचनमा ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । जसमा जितेन्द्र गुरुङ, लक्ष्मी भारती, कोशिश भण्डारी तथा हिरालाल गुरुङ रहेका छन् । 

 

 

साथै कूल ३० जनाले बिभिन्न पदहरुमा आफ्नो नाम दर्ता गराएको बाना निर्वाचन समितिले जनाएको छ । 

 

संस्थामा ५ हजार भन्दा बढि सदस्यहरु रहेका छन् । 

 

त्यस्तै वरिष्ठ उपाध्यक्ष पद ३ जना रहेका छन् । उम्मेदवारहरुमा सागर घिमिरे, जनकबहादुर थापा र एकता कोइराला रहेका छन् ।

 

यसैगरी उपाध्यक्षका लागि ब्रजेश महर्जन, गणेश भट्टराई र प्रेम बहादुर कमली रहेका छन् ।

 

महासचिव पदमा दमन बिक्रम शाह , सलिन बस्नेत तथा तारा खरेल न्यौपाने रहेका छन्। सचिवमा बसन्त बस्नेत, सुशील खत्री तथा जनक बहादुर पुन मगर रहेका छन् ।

 

त्यस्तै, कोषाध्यक्षमा सञ्जु डंगोल, राजेन्द्र बहादुर रेग्मी तथा करुणा खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

 

आठजनाको कार्यकारी समिति सदस्यहरुमा १३ जनाले नाम दर्ता गराएका छन् । उम्मेदवारहरुमा सोनीका चुनारा , लक्ष्मीराम शाह, राजु सुवेदी, भूपेशजंग शाही, हृदय केसी, डम्बर बहादुर बस्नेत, निर्णाय प्रधान, अर्जुन क्षेत्री, प्रविण लामा, कृष्ण के विष्ट तथा राजीव क्षेत्री रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - १९:३१:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend