Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा ) न्युयोर्क च्याप्टरले आफ्नो सातौ अधिवेशन सम्पन्न

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा ) न्युयोर्क च्याप्टरले आफ्नो सातौ अधिवेशन सम्पन्न

नेप्लिज डायस्पोरा

२१, फाल्गुण २०८१
images
युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा ) न्युयोर्क च्याप्टरले आफ्नो सातौ अधिवेशन सम्पन्न

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका UKROA(यायोख्खा) न्युयोर्क च्याप्टरले आफ्नो सातौ अधिवेशन १०२५ न्युयोर्कको ज्यक्सन हाईट मा फेब्रुअरी २४ तारीक को दिन भव्यताका साथ सम्पन्न गरेकोछ।

अधिवेशनले सन २०२५ देखि सन २०२८ सम्मको कार्यकालको निम्ति अरुन मेवाङ् राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर ,एक महिला कोअर्डीनेटर सहित सत्र च्यप्टर कार्यसमिती सर्वसम्मतिबाट चयन गरेकोछ। अधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि, वर्तमान केन्द्रिय सदस्या गरचा राईले समारोहलाई सम्बोधन गर्नु हुदैं हामी किरात राईहरु संसारका जुनसुकै ठाउँमा पुगे पनि  आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्बर्द्धनमा हामी नै लाग्नु पर्ने  बताउनु भयो ।  युवा पिढीहरु एक उमेरमा बाहिरको रौनक तिर आकर्षित हुने र सजिलै मन  बरालिन सकिने भएको हुदा आफु सचेत हुन पर्ने बताउदै  अलि उमेर पाकोपन हुदै जादा र हरेक जिवन शैलीहरु मिलाउदै जादा समाजमा घुलिदै जादा  बल्ल आफ्नो संस्कार र संस्कृति अनी पहिचान को महत्वो अझ गहिरो गरी  बुझिन्छ , त्येसैले युवाहरु अहिले बाट नै  आफ्नो संस्कार ,संस्कृतिलाई जीवन्त राख्न सकृय भूमिका मा उभिएर अघि बढ्न सके भविष्या उज्वाल हुने कुरा उल्लेख गर्नु भयो ।

 

संस्थाका संस्थापक सदस्या तथा  पुर्व युक्रा न्युयोर्कका अध्यक्ष तथा युक्रा केन्द्रीय उपाध्यक्ष केसव राम राई ले निवर्तमान अध्याक्ष ममता राई नेतृत्व को कार्यसमितिले न्यूयोर्क च्याप्टरको हकमा अहिले सम्मकै उत्कृष्ट र सानमानको काम गरेको भनेर प्रसंसा गर्दै नया कार्य समितिले अझै यो भन्दा माथी छलाङ मारेर जान सक्नु पर्छ भन्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

IMG_4899.jpeg

कार्यक्रममा न्यूयार्क च्यप्टर सल्लाकार गोविन्द राई ,कारातेको अन्तर्राष्ट्रीय रेफ्री ,जज तथा कराते एसोसिएनको प्रसिक्षक  सेनसेइ पर्खी खालिङ राई र सुकु रुम्दाली राई ले पनी आफ्नो मनतव्या राख्दै नया कार्यसमिति लाई  कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।

 

 

युकेआरओए निवर्तमान अध्यक्ष ममता खालिङ राई ले आफुले ३ वर्षे कार्यकाल अवधीमा गरेका कामहरु ऐतिहासिक र किरात राईहरुको हिमायती रहेको बताए । आफुले २०२२ बाट नै केही न केही नयापन दिने प्रयास गर्दै आएको र सम्पुर्ण कार्यसमिती र युक्रा परीवारको एकताबाट यो सम्भव पनी भएको बताउनु भयो । 

 

आफ्नो पहिलो कार्यकाल सकेलामा युकेओरओए का पाँच वटै च्याप्टरहरु बाट तथा केन्द्र को समेत सहभागिता मा र नेपाल आदिवासी जनजाती महासंघ अमेरीका अन्तर्गतका १८ संस्थाहरु , फ़िवना,एनआरएनए ,हामी नेपाली ग्लोबल लगायत का अनेकौ अमेरीकामा रहेका संय्थाका अतिथीहरु विच भब्या र सभ्या रुपमा सम्पन्न भएको र त्यो साकेलाले यती धेरै माझमा किरात राईहरुले मनाउने साकेलाको अर्थ र भाव के हो ? भन्ने  कुरा सबै माझ प्रस्टाउन केही हद सम्म सफल भएको थियो भन्ने स्मरण गराउनुका साथै त्योस्तै दोस्रो वर्षको साकेला पनी अमेरिकन् नेपाली संस्थाहरु मध्ये कै पहिलो पटक टाइम स्क्वायरको सहरमा  युक्रा न्युयोर्क च्याप्टर ले  उभौली साकेला सिली कार्यक्रमल गरेको र सिटिको तर्फबाट अधिवक्ता द्वय जुमाने विलियम्स र काशिफ हुसेनलाई बिशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको थियो । 

सोहि अवसरमा  सिटीको तर्फबाट उत्कृष्ट आठजना साकेला सिली गर्ने र ढोल झ्याम्टा बजाउने कलाकारहरु लाई प्रमाण पत्र काशिफ हुसेनको हातबाट बितरण भएको कुरा पनि जोड्दै साकेला विसेस ऐतिहासीक भएको  बताउनु भयो ।

आफुले नेपालमा रहेका संस्थाहरुलाई पनी आर्थिक सहयोग गर्दै र अमेरीकान राईहरु जो नया आयम लिएर अघी बढीरहेको र कड़ा संघर्ष बाट सफलता पाएका राईहरुलाई सम्मान पत्र दिएर हौसल्ला र उत्प्रेरणा दिने गरेको कुरा उल्लेख गर्दै 

नया कार्य समितीलाई  "किरात राई हरुको संस्कार,संस्कृति र पहीचान बचाउन र पुस्तानतरन को लागी एक सिपाही अर्थात हाम्रो संस्कृतीको माली हुनु भएको छ " भन्दै आफुले गर्न बाकी छोडेको सपना पुरा गर्नु हुन नया कार्यसमिति संगै हातेमालो गरेर हरपल किरात राई समुदायको हितको लागी अघि बढ्ने बाँचा गर्दै  

इतिहासमा नाम लेखाउन सलिलो छैन र सबैले नाम लेख्न सकिने कुरा पनी हैन तर हामीले निरन्तर प्रयास गरौ भन्दै नया कार्यसमिति लाई हौसल्ला प्रादान गर्नु भयो ।  

 

 युकेआरओए न्युयोर्क च्याप्पटरका संस्थापक अध्यक्ष ,पुर्व केन्द्रीय अध्यक्ष ,पुर्व केन्द्रिय महासचिव तथा न्युयोर्क च्याप्टरका वर्तमान सल्लाहकार एवं निर्वाचन आयुक्त प्रभाकर  राई  ले सफलपुर्वक  निर्वाचन सम्पन्न गरि अरुन  राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर ,एक महिला कोअर्डीनेटर सहित १७ जनाको न्यूयार्क च्याप्टर  कार्य समितीको घोषणा गर्नु भएको थियो। 

लगातार नया कार्यसमितीहरुलाई खाता अर्पन गरी सर्टिफिकेट  नोक्छो पदम बहादुर राई ज्युको हातबाट प्रदान गरी निर्वाचन आयुक्त प्रभाकर राई बाट सपथ ग्रहन गराइएको थियो ।

IMG_4900.jpeg

नवगठित  कार्यसमितिमा अध्यक्ष अरुन  राई ,वरिष्ठ उपाध्यक्ष वसन्ती राई,उपाध्यक्ष प्रमल राई , उपाध्यक्ष तेशुराज राई, महासचिव सृजना वाहिङ, सचिव उत्तर थुलुङ राई , कोषाध्यक्ष विनोद चाम्लिङ राई ,सहकोष अध्यक्ष मनिषा चाम्लिङ राई वोर्ड सदस्यहरु  उधिर राई,निलम राई ,दिपेस राई ,जेनी महर्जन राई ,शान्ति राई ,अर्पन राई ,मनिराज राई र कल्चर कोअर्डिनेटर मा रोसन राई र महिला कोअर्डीनेटर मा सरिता राई चयन भएका हुन।

 

 

नव निर्वाचित अध्यक्ष अरुन राईले निर्वाचन आयुक्त प्रभाकर राई लाई निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यावाद दिदै निवर्तमान अध्यक्ष ममता राई लगायत कार्यसमितीलाई विदाई तथा धन्यवाद दिनै जुन कार्यसमितीले आफ्नो समुदायको लागी गरेको योगदानको कदर सम्मान गर्दै आफु आफ्नो भाषा र संस्कृतिको संरक्षणको निम्ती दत्ताचित्त भएर लाग्ने बचन वंद्द गर्दै किरात राईहरुको संस्कार ,संस्कृति र पहीचान को लागी लाग्नु पर्ने हाम्रो दायित्व रहेको बताउनु भयो।  आफुले सक्दो वार्षिक कार्ययोजना वनाएर अझै उच्चाईबाट अमेरिकन किरात राईहरुको लागी लागिपर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभएको थियो। 

 

उक्त अधिवेशनमा संस्थाको आयब्या विवरण संस्थाका कोष अध्यक्ष नेपाल यात्रमा रहनु भएको हुदा उपाध्यक्ष कृष्ण प्रशाद राई ले दिनु भएको थियो र अधिवेशन को पहिलो सेसन कार्यक्रम माहासचिव बद्री कुमार राई ले सन्चालन गरेका थिए।

images
प्रकाशित मिति :फाल्गुण २१, २०८१ बुधवार - १८:४८:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend