Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए अमेरिकाले सदस्यता खुलायो, अधिवेशन तोक्यो

एनआरएनए अमेरिकाले सदस्यता खुलायो, अधिवेशन तोक्यो

images
एनआरएनए अमेरिकाले सदस्यता खुलायो, अधिवेशन तोक्यो

एनआरएनए अमेरिकाले सदस्यता खुला गर्दै अधिवेशनको मिती तोकेको छ । हिजो मे १९ तारिखमा सम्पन्न संघको सचिवालय बैठकले मे२० देखि जुन २० सम्मलाई सदस्यता बिस्तारको अबधी तोकेको छ। सोही बैठकले २०२५–२०२७ कार्यकालको निर्वाचन जुलाई १९ (शनिबार) र २० (आईतबार) मा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

 

१६ सदस्यीय सचिवालय पदाधिकारी मध्ये बैठकमा उपस्थिती १३ जना पदाधिकारीले यो निर्णय गरेको अध्यक्ष अर्जुन बन्जाडेले जानकारी दिएका छन् ।

 

अध्यक्ष बन्जाडेले एनआरएनए अमेरिकाको फेसबुक पेजबाट सार्बजनिक गरेको जानकारी यस प्रकार छ :

 

सम्पूर्ण गैर आवासीय साथीहरू 

नमस्ते ! 

 

एन आर एन ए अमेरिकाको Secretariat को मे१९, २०२५ मीटिंग का निर्णयहरू - 

 

उपस्थिति:

Secretariat का १६ सदस्यहरूमध्ये १३ सदस्यको उपस्थिति रहेको थियो।

अध्यक्षता: डा. अर्जुन बन्जाडे

उपस्थित पदाधिकारीहरू:

• वरिष्ठ उपाध्यक्ष: विकास उप्रेती

• उपाध्यक्षहरू: ज्ञानेन्द्र गुरुङ, प्रेम तामाङ, भानु खरेल, नेत्र पाण्डे

• महिला उपाध्यक्ष: सुनिता कँडेल

• सचिव: दीपक सापकोटा

• महिला सचिव: शान्ति पौडेल

• सह–कोषाध्यक्ष: दिवाकर पाण्डे

• महिला को–अर्डिनेटर: सुनिता खत्री

• यूथ को–अर्डिनेटर: तेज विनोद पौडेल

• प्रवक्ता: डा. राजन पन्त

⸻

निर्णयहरू:

१. सदस्यता वितरण तथा नवीकरण:

आगामी जुलाईमा सम्पन्न हुने NRNA NCC USA को २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि सदस्यता वितरण तथा नवीकरणको कार्य विगत निर्वाचनमा प्रयोग भएको MIS प्रणाली प्रयोग गरेर गर्ने निर्णय सर्वसम्मतिले गरियो।

 

२. सदस्यता प्रमाणीकरण समिति गठन:

सदस्यता प्रमाणीकरणका लागि प्रारम्भिक रूपमा निम्न ३ जना सदस्य रहने निर्णय गरियो:

• डा. अर्जुन बन्जाडे – अध्यक्ष

• विकास उप्रेती – वरिष्ठ उपाध्यक्ष

• डा. राजन पन्त – प्रवक्ता

आवश्यकताअनुसार कार्यभारको परिस्थितिलाई ध्यानमा राखी यस समितिमा अन्य सदस्य थप गर्न सकिनेछ।

 

३. सदस्यता अभियान समिति (Membership Drive Committee):

आगामी निर्वाचनका लागि सदस्यता अभियानलाई व्यवस्थित र सक्रिय बनाउन वरिष्ठ उपाध्यक्ष विकास उप्रेती को नेतृत्व मा एक समिति गठन गरियो। यसमा कार्यसमिति साथीहरू र् अन्य सदस्यहरु समावेश हुनेछन्।

साथै, प्रत्येक राज्यको राज्य समितिका अध्यक्षलाई आफ्नो राज्यको संयोजकका रूपमा कार्य गर्ने जिम्मेवारी तोकिएको छ।

 

४. निर्वाचनका प्रमुख मितिहरू:

क) सदस्यता वितरण अवधि:

मे २०, २०२५ देखि जुन २०, २०२५ सम्म।

 

ख) सदस्यता प्रमाणीकरण अवधि:

जुन २१–३०, २०२५ भित्र सदस्यता प्रमाणीकरण कार्य सम्पन्न गरी विवरण निर्वाचन समितिलाई बुझाउने।

 

ग) निर्वाचन मिति:

२०२५–२०२७ कार्यकालको निर्वाचन जुलाई १९ (शनिबार) र २० (आईतबार) मा सम्पन्न गर्ने।

 

घ) अधिवेशन मिति:

आगामी अधिवेशन जुलाई २६ (शनिबार) र २७ (आईतबार) मा सम्पन्न गर्ने।

 

नोट: माथि उल्लेखित निर्वाचन र अधिवेशन मितिहरूमा आवश्यक परेमा परिवर्तन हुन सक्नेछ, जसको अन्तिम निर्णय निर्वाचन मण्डलले गर्नेछ।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बुधवार - १८:५३:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend