Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाल्पाली संगम अमेरिकामा धर्म आचार्यको अध्यक्षतामा नयां समिती

पाल्पाली संगम अमेरिकामा धर्म आचार्यको अध्यक्षतामा नयां समिती

नेप्लिज डायस्पोरा

३, आषाढ २०८२
images
पाल्पाली संगम अमेरिकामा धर्म आचार्यको अध्यक्षतामा नयां समिती

पाल्पाली संगम अमेरिकाको दोस्रो साधारण सभा जुन १५ गते आइतबार जुम मार्फत सम्पन्न भएको छ। अधिवेशनले धर्म आचार्यको अध्यक्षतामा नयां कार्य समिती सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

 

नव निर्वाचित समितीको उपाध्यक्षमा पर्शु नेपाल, महासचिवमा शुशील पंगेनी, कोषाध्यक्षमा अर्जुन पौडेल रहनु भएको छ । 

 

त्यसैगरी आईटि डाईरेक्टरमा किरण नेपाल, फाईनान्सियल रिसोर्स डाईरेक्टरमा महेन्द्र पाण्डेय, एजुकेशन डाईरेक्टरमा अनुप नेपाल, हेल्थ केयर डाईरेक्टरमा रश्मी भट्टराई, मेम्बरसीप ड्राईभ डाईरेक्टरमा सुन्दर घिमिरे, टुरिजम डाईरेक्टरमा जगदीश काफ्ले, र यु एस-पाल्पा कोअर्डिनेटरमा भीमसेन कार्की रहनु भएको छ ।

 

यसअघि, दोश्रो साधारण सभा तथा अधिवेशन नेपाल सरकारका पूर्व प्रधानन्याधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको खुल्ला सत्रमा संस्थाको गतिविधि र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

 

महासचिव पर्सु नेपालले स्वागत मन्तव्य एवं संस्थाको सदस्यता अवस्थाबारे धारणा राख्नुभएको थियो भने कोषाध्यक्ष जितेन्द्र राणाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। आईटि निर्देशक मधु नेपालले संस्थाले गरेका आईटि सम्बन्धी गतिविधि, महासचिव  केशव शर्माले शैक्षिक, स्वास्थ्य निर्देशक डा. विनय खनालले स्वास्थ्य, सदस्य अर्जुन पौडेलले  टेक्सास च्याप्टरले गरेका गतिविधि, सचिव सुशील पंगेनीले पर्यटन एवं अन्य गतिविधि, र पुर्व बरिष्ठ उपाध्यक्ष धर्म आचार्यले संस्थाले स्थापनाकालमा गरेको गतिविधि र कोभिडको समयमा गरिएको विशेष सहयोगको संस्मरण गर्नुभएको थियो |

 

सभामा पाल्पाली संगम काठमाडौँका वर्तमान अध्यक्ष विष्णु खत्री, अन्तराष्ट्रिय पाल्पाली संगम संयोजक सतिश चापागाईं, पाल्पाली संगम काठमाडौँका पूर्वअध्यक्ष यज्ञ शर्मा, NRNA अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, पाल्पा अस्पतालका अध्यक्ष अजयमान कर्माचार्य, ब्लड डोनर एसोशियसन अमेरिकाका कार्यकारी उपाध्यक्ष शिव काफ्ले, संस्थाका सल्लाहकारहरु डा विष्णु खनाल, डा दामोदर रेग्मी, डा मनमोहन श्रेष्ठ, समाजसेवी भिमसेन कार्की, तानसेन वार्ड नम्बर ६ का वार्ड अध्यक्ष सागरमान महर्जन , एवं यादव खनाल ले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

 

कार्यक्रम संस्थाका अध्यक्ष महेश भट्टराईको अध्यक्षता र सचिव सुशील पंगेनीको संचालनमा भएको थियो।

images
प्रकाशित मिति :आषाढ ३, २०८२ मंगलवार - १८:०२:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend