Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

सांसद डा. तोसिमा कार्कीले बुधबार मेरिल्याण्डका नेपालीसंग भेटघाट गर्दै

सांसद डा. तोसिमा कार्कीले बुधबार मेरिल्याण्डका नेपालीसंग भेटघाट गर्दै

नेप्लिज डायस्पोरा

११, आषाढ २०८२
images
सांसद डा. तोसिमा कार्कीले बुधबार मेरिल्याण्डका नेपालीसंग भेटघाट गर्दै

नेपालकी सांसद डा. तोसिमा कार्की हाल अमेरिका भ्रमणमा हुनुहुन्छ। यसै सन्दर्भमा, उहाँ भोली मेरिल्याण्डको बाल्टिमोरस्थित नेपाली समुदायसँग विशेष भेटघाटको कार्यक्रम तय भएको रास्वपा निकट अमेरिकाको संस्था प्रवास नेपाली सम्पर्क विभाग मेरिल्याण्डले जनाएको छ।

कार्यक्रमको बाल्टिमोरमा रहेको फेमिली किचन रेष्टुरेण्टमा हुने पनि बताईएको छ ।

समुदायसँग प्रत्यक्ष संवाद गर्ने अवसरको रुपमा यो कार्यक्रमलाई लिइएको विभागका अमेरिका संयोजक रमेश भट्ट नेपाली छोरोले जानकारी दिनुभयो ।

"नेपालको विकासमा युवाहरूको नेतृत्व र प्रवासी नेपालीहरूको सहभागिता" विषयमा विशेष संवाद कार्यक्रम हुने पनि संयोजक भट्टले बताउनु भयो ।

सांसद कार्कीसंग टेक्सासमा यहि सनिबार सोही प्रकृतीको कार्यक्रम भएको थियो । 

मेरिल्याण कार्यक्रमको थप जानकारी:

मिति: २५ जुन, २०२५

समय: साँझ 7:30 बजे

स्थान: Family Kitchen, 4132 E Joppa Rd, Nottingham, MD 21236

सम्पर्क: 410-318-9693

images
प्रकाशित मिति :आषाढ ११, २०८२ बुधवार - ०१:१६:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend