Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

न्युयोर्कमा पहिलोपटक नेपाली फेसन एक्सप्रेसन कार्यक्रम

न्युयोर्कमा पहिलोपटक नेपाली फेसन एक्सप्रेसन कार्यक्रम

नेप्लिज डायस्पोरा

१९, आषाढ २०८२
images
न्युयोर्कमा पहिलोपटक नेपाली फेसन एक्सप्रेसन कार्यक्रम

२९ जुन २०२५, ज्याक्सनहाईट्स न्युयोर्क।

नेपाल र नेपाली उत्पादन,भेसभुषा,कला र संस्कृति समेटेर एकै थलोमा जुन २९ आईतवार साँझ वृहत प्रदर्शनी एवं पहिलोपटक अमेरीकामा नेपाली वृहत फेसन मेलाको आयोजना ऐतिहासिक रुपमा सम्पन्न भएको छ। 

विश्वकै फेसनहव मानीने अमेरीकास्थित न्युयोर्क शहरमा नेपालीहरुको आकर्षक केन्द्र मानीने ज्याक्सनहाईट्स उड्साईडस्थित ६३-०१ रुजवेल्ट एभिन्युमा अवस्थित “द प्यालेस” को हलमा सो कार्यक्रमों आयोजना भएको थियो। करीब २०० दर्शक र श्रोतामाझ साँझ ७ बजेदेखी शुरुभै मध्यरात १२ बजेसम्म भरपुर मनोरंजन सहित संचालित सो कार्यक्रमले नेपाल पुरै झल्काएको प्रतीत हुन्थ्यो।विविध जातजाती र भाषाभाषीका समुदायले पहिरिने २७ प्रकारका पौराणिक देखी आधुनिक पहिरनका साथ मोडलहरु र्याम्पमा संगीतको तालमा हिंडदा पुरै हल ताली र ह्विसेल बजाउँदै गुन्जायमान भएको थियो। 

IMG_8433.jpeg

सो कार्यक्रमका ईभेन्ट प्रिसीडेन्ट चिरपरिचित फेसन कोरियोग्राफर,नेपालका चर्चित नायक तथा मोडल तथा निर्देशनको क्षेत्रमा ख्यातीप्राप्त प्रशान्त ताम्राकारले एकै स्थलमा नेपालको समस्त फेसनको संगम उक्त कार्यक्रममार्फत आम दर्शक,श्रोता एवं संचारमाध्यम हुँदै विश्वभर फैलाउने र नेपाल र नेपालीलाई चिनाउने आफ्नो उद्देश्य रहेको र सोचेभन्दा अझै राम्रो कार्यक्रम गर्न सफल भएकोमा आफु अत्यन्त खुशी भएको कुरा प्रष्ट पार्नुभयो। 

कार्यक्रम संयोजक सुर्य सिंखडा प्रशन्नता ब्यक्त गर्दै भन्नुहुन्छ, विभिन्न बिधामा प्रदर्शन गरीएको सो कार्यक्रम अमेरिकामै ऐतिहासिक एवं भव्यरुपमा सफल गर्नपाउँदा म र सिंगों आयोजक टीम अत्यन्त हर्षित छौं।सो कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु सहित सोचेभन्दा बढी दर्शक र श्रोतामाझ नेपालको मेचीदेखी महाकाली र हिमालदेखी तराईसम्म छरीएर रहेका सबै जातजाती र भेषभुसा झल्काउने २७ जनाभन्दा बढी पुरुष र महिला मोडलहरुले स्टेज प्रदर्शन गरेका थिए।कार्यक्रमको अन्त्यमा सो कायक्रम सफल पार्न योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै बिबिध नृत्य र गाना एवं रात्रीभोजको समेत व्यवस्था गरीएको थियो।

images
प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - १९:४२:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend