Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा भानु जयन्ती कार्यक्रम सम्पन्न

अमेरिकामा भानु जयन्ती कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

८, श्रावण २०८२
images
अमेरिकामा भानु जयन्ती कार्यक्रम सम्पन्न

भानु जयन्ती कार्यक्रम सम्पन्न

जुलाई २१, २०२५

“साहित्यको विकास र विस्तार गर्ने एक सशक्त संस्था”साहित्यिक चौतारी नेपाल, अमेरिका शाखाको आयोजनामा २१२ अैाँ भानु जयन्ती सम्पन्न भएको छ ।जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा रचना वाचन तथा आदि कवि भानुभक्त आचार्यप्रति श्रद्धा भाव प्रकट गरिएको थियो ।

प्रमुख अतिथि वरिष्ट साहित्यकार कृष्ण धराबासी रहनु भएको उक्त साहित्यिक कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रीतादेवी प्रधानले गर्नु भएको थियो भने भानुका प्रतिकका रुपमा साहित्यिक श्रष्टा लोक कवि सुरेशकुमार भट्ट रहनु भएको थियो।कार्यक्रमको स्वागत संस्थाका सदस्य कवि खेम खनालले गर्नुका साथै संचालन संस्थाकै सचिव प्रभा पोखरेलले गर्नु भएको थियो।

सल्लाहकार रामलामा अभिनाशी,सरला कृष्टको साथमा अतिथि कविहरू डा.ऋषि वस्ताकोटी ललिता दोषी , मुक्ति वराल , सविता गैरे सदस्य बालकुमारी घिमिरे, कल्पना पन्थ, गुन्जना न्यौपाने ,गुन्जन न्यौपाने लगायतबाट आ-आफ्ना रचना तथा भानुभक्तका रचना वाचन गरिएको थियो।

उक्त विशेष कार्यक्रमको अवसरमा साहित्यिक श्रष्टा तथा कवि प्रभा पोखरेलद्वारा रचित सपना प्रसाईको स्वर तथा सङ्गीतमा सजिएको बालगीत Happy mothers day song को विमोचन समेत सम्पन्न गरियो भने उक्त गीतको विमोचन कार्यक्रम बालकुमारी घिमिरेले सञ्चालन गर्दै छोटो समिक्षा गीतकार डा. ऋषि वस्ताकोटीले गर्नु भएको थियो। भव्य रुपमा सम्पन्न यो साहित्यिक कार्यक्रमको जुम प्रविधिको संयोजन संस्थाका केन्द्रीय प्रविधि संयोजक शिशिर बन्जाडेले गर्नु भएको थियो।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

images
प्रकाशित मिति :श्रावण ८, २०८२ बुधवार - ०८:४६:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend