अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ का डेलिगेट ह्यारी भण्डारी, यूवा सामाजसेवीहरु कोशिश भण्डारी र प्रविन भण्डारीलाई पितृशोक परेको छ। भण्डारीका पिता अमरबहादुर भण्डारीको अगष्ट १५ तारिख शुक्रबार विहान निधन भएको हो ।
स्वर्गीय अमर बहादुर भण्डारी ७८ बर्षका हुनुहुन्थ्यो । उहां नेपालमा पर्वत जिल्लाको साविकको थापाठाना गाउं पंचायतको प्रधान पंच अनि पछि गाउं विकास समितीको अध्यक्ष समेत हुनुभएको थियो ।
भण्डारी केही बर्षदेखि सपरिवार अमेरिका मै बसोबास गर्दै आउनु भएको थियो । मेरिल्याण्डका सामाजिक काममा उहांको उपस्थिती बाक्लै हुने गर्थ्यो ।
स्वर्गीय भण्डारी भारतीय सेनाबाट पेन्सनप्राप्त व्यक्ति हुनुहुन्थ्यो ।
उहांका श्रीमती, चार छोरी र तीन छोरा छन् ।
स्वर्गीय भण्डारीको यहि अगष्ट १६ तारिख विहान ११ बजे अन्त्येष्ठि कार्यक्रम रहेको बुझिएको छ ।
