Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा तीनवटा प्रकाशनको लोकार्पण सम्पन्न

अमेरिकामा तीनवटा प्रकाशनको लोकार्पण सम्पन्न

नेप्लिज डायस्पोरा

२१, भाद्र २०८२
images
अमेरिकामा तीनवटा प्रकाशनको लोकार्पण सम्पन्न

गैरआवासीय नेपाली संघ अमेरिकाको हालै सम्पन्न चौधौं साधारणसभामा संस्थाको तर्फबाट प्रकाशित तीनवटा प्रकाशनको लोकार्पण गरिएको छ । चौधौं साधारण सभाका प्रमुख अतिथि गण्डकि प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले एनआरएन अमेरिकाको स्मारिका २०२५, साहित्य सौरभ २ तथा VISIT NEPAL लोकार्पण गर्नु भएको हो । 

att.SeWmqoTGhNsCJHBHK3rRpGlhs_NLJ8Tqa99Rh9MAEDA.jpeg

एनआरएन अमेरिकाको इतिहासमा पहिलो पल्ट ऐतिहासिक दस्ताबेजको रुपमा गैरआवासीय नेपाली संघ अमेरिकाको स्मारिका २०२५ प्रकाशन भएको हो । जसको प्रमुख सम्पादक नेत्र बन्धु पोख्रेल हुनु हुन्छ भने सम्पादन समितिमा पीपलमणि सिग्देल, डा निरज श्रेष्ठ, प्रकाश आचार्य, सतिश चापागाई, डिबि सागर र झरना अधिकारी हुनुहुन्छ ।

att.sjlGAucMseGgDyrJoheCzxiMTjjIbTC5vWhKp8Vihm4.jpeg

त्यस्तै, अतिथि सम्पदकमा नेपालबाट रमेश दहाल रहनु भएको छ  । स्मारिकामा हाल सम्म सम्पन्न बार्षिक साधारण सभा, ज्ञान सम्मेलन, युवा सम्मेलन, महिला सम्मेलन, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदले अमेरिकामा सम्पन्न गरेका सम्मेलन, हालसम्म बनेका कार्य समिति बिबरण, अमेरिकामा नेपालीहरुद्वारा गरिएका लाएन्स गतिविधि, चेम्बर अफ कमर्श, सामुदायिक तथा सॉस्कृतिक केन्द्र, मन्दिर गुम्बा आदिको स्थापना, नेपालमा संचालन गरिएका केहि परियोजनाको बिबरण अमेरिकामा रहेर विभिन्न विधामा विशिष्टता हासिल गरेका व्यक्तित्व मध्ये केहि व्यक्तित्वको परिचय आदि समाबेश गरिएको छ । 

att.C-WA_5XWKDe2nXKpxiw_k6uOP362H86vu-m3YZD-uVs.jpeg

त्यस्तै साहित्य सौरभ २ मा “के म नेपाली हैन र ?” शिर्षकमा गरिएको अन्तर्राष्ट्रिय स्तरको कविता प्रतियोगितामा प्रस्तुत कविताहरु मध्ये छनोटमा परेका ९२  कविताहरु र १९ अप्रतिस्प्रधी कविताहरु समाबेश गरिएको छ । 

साहित्य सौरभ २ को प्रकाशन ब्यबस्थापक  राजेन्द्र प्रसाद अर्याल हुनु हुन्छ भने प्रधान सम्पादक सुदीपभद्र खनाल हुनु हुन्छ । सम्पादक समितिमा रहनु हुनेहरुमा डा अमर कार्की, डा शम्भु कँडेल, डा अजित घिमिरे, हुनुहुन्छ । कपिलचन्द्र खनाल कार्यकारी सम्पादकको भूमिकामा हुनु हुन्छ । ब्यबस्थापकहरुमा कृष्ण गिरी, प्रभा पोख्रेल, गीता हजगाईं, पूर्ण श्रेष्ठ, उर्मिला निर्दोषी र पवन लामिछाने हुनु हुन्छ त्यस्तै सल्लाहकारहरुमा तीरथराज अधिकारी, डा मुकुन्द वाग्ले “पथिक”, विश्वराज अधिकारी, पीपलमणि सिग्देल हुनुहुन्छ । 

att.kHfvaTTiWl-FjaxG0ib3W8_ccpWFncshspK2tmj-4-A.jpeg

त्यस्तै VISIT NEPAL मा २८ वटा लेख हरु ( रंगिन चित्रहरु सहित ) र केहि पैदलयात्रा पथका नक्सा पनि समेटिएका छन । अंग्रेजी भाषामा लेखिएको यो प्रकाशन विश्वभर पुर्याएर नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उद्देश्यकासाथ प्रकाशित यस प्रकाशनका प्रधान सम्पादक बैकुण्ठ राज आचार्य हनुहुन्छ । प्रकाशन समितिको संयोजक प्रभात दिक्षित, सदस्य सचिव रोचक गौतम, सदस्यहरुमा महेश भट्टराई, निमा शेर्पा, ओम गुरुंग, रामेश्वर कार्की र सूर्य वास्ताकोटी हुनुहुन्छ ।

att.NzvCgsrkw6tNvzIAwUaOhboCrIpEJPR0MXqfdKBUE3A.jpeg

images
प्रकाशित मिति :भाद्र २१, २०८२ शनिवार - २०:०९:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend