अमेरिकाको टेक्ससमा बसोबास गर्ने पाल्पालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापित ‘पाल्पाली संगम टेक्सस’को प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले शिव काफ्लेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संगमका सचिव नारायण पौड्यालले सञ्चालन गरेको कार्यक्रममा पाल्पाली संगम यूएसएका पूर्व उपाध्यक्ष डा. सन्दीप पाण्डे प्रमुख अतिथि रहेका थिए । डा. पाण्डेले पाल्पा जिल्लाको विकासमा प्रवासी नेपालीको भूमिका र एकताको महत्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा एनआरएनए यूएसएका उपाध्यक्ष नेत्र पाण्डे, समाजसेवी डा. विष्णुमाया उपाध्याय लगायतका विशिष्ट अतिथिहरूले पाल्पाली संगम टेक्ससको प्रयासको प्रशंसा गर्दै मातृभूमिको शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अधिवेशनले काफ्लेको अध्यक्षतामा गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा बाबुराम देवकोटा, सचिवमा नारायण पौड्याल र कोषाध्यक्षमा मनिष पौड्याल चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा मीना भट्टराई, टंक अधिकारी, नेत्र पाण्डे, कुल विश्वकर्मा, केशव राना मगर, मधुसूदन नेपाल, युनराज खनाल र सुदीप पौड्याल रहेका छन् ।
केन्द्रीय समिति कोषाध्यक्ष अर्जुन पौड्याल, केन्द्रीय समिति सल्लाहकार यादव खनाल र एनआरएनए टेक्सस च्याप्टर अध्यक्ष निकेश पोखरेल रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन प्रक्रियालाई सहजीकरण गरेको थियो ।
“साझा भावना, साझा विकास” को मूल नारा लिएको संगमले टेक्ससमा रहेका पाल्पालीहरूलाई एकताबद्ध गर्दै प्रवास र मातृभूमिमा सकारात्मक कार्यहरू गर्ने लक्ष्य लिएको जनाएको छ ।