Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

ब्लड डोनर्स अफ अमेरिकाको मेरिल्याण्डमा पुन: शुसील पंगेनी निर्बाचित

ब्लड डोनर्स अफ अमेरिकाको मेरिल्याण्डमा पुन: शुसील पंगेनी निर्बाचित

नेप्लिज डायस्पोरा

२२, कार्तिक २०८२
images
ब्लड डोनर्स अफ अमेरिकाको मेरिल्याण्डमा पुन: शुसील पंगेनी निर्बाचित

ब्लड डोनर्स अफ अमेरिका “रक्तदान नै जीवनदान हो” भन्ने नारा लिएर स्थापित गैर नाफामूलक संस्था हो। सन् २००९ मा स्थापना भएको यो संस्था अमेरिकाको करमुक्त कानुन अनुसार दर्ता गरिएको हो। हाल यस संस्थामा करिब ७०० आजीवन सदस्य र २४ वटा स्टेट कमिटिहरू सक्रिय छन्। संस्था पूर्ण रूपमा गैरराजनीतिक, गैरधार्मिक र निष्पक्ष उद्देश्यका साथ केवल रक्तदान र जनचेतना सम्बन्धी कार्यक्रममा केन्द्रित छ।

नोभेम्बर २ तारिख, आइतबार, बाल्टिमोरको बम्बे नाइट रेस्टुरेन्टमा ब्लड डोनर्स अफ अमेरिकाको केन्द्र र मेरिल्यान्ड स्टेट कमिटिको संयुक्त बैठक सम्पन्न भयो। उक्त अवसरमा मेरिल्यान्ड स्टेट कमिटिलाई पुनर्गठन गरिएको घोषणा गरियो।

 

कार्यक्रममा समाजसेवी, गैरनाफामूलक संस्थाका प्रतिनिधि र अमेरिकन सरकारका अधिकारीहरूको सहभागिता थियो।

 

कार्यक्रममा प्रमुख अतिथि डा. एच.बी. भण्डारी, एनआरएनका उपाध्यक्ष राजेन्द्र रेग्मी, पत्रकार तथा समाजसेवी मधुकर अधिकारी, अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रस्टी सभापति तथा ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय सल्लाहकार पदम बिक, उपाध्यक्ष तिर्थराज पाण्डे, कोषाध्यक्ष नेत्र बन्धु पोखरेल, पूर्व अध्यक्ष गोवर्धन पूजा, सहदेव कोईराला र प्रतिक रावल लगायतको उपस्थिति रहेको थियो।

 

केन्द्रीय समितिबाट अध्यक्ष महेश्वर पन्त, उपाध्यक्षहरू बिरोचन नेपाल र विजयदेव अधिकारी, सचिव तारा खराल नेऊपाने, र केमिका भण्डारीले समेत सहभागिता जनाएका थिए। सभाको अध्यक्षता मेरिल्यान्ड स्टेट कमिटिका अध्यक्ष सुशिल पगेनिले गर्नुभयो।

 

सुशिल पगेनीको योगदान

सुशिल पगेनी लामो समयदेखि बाल्टिमोरमा समाजसेवामा सक्रिय छन्। रक्तदान र सामुदायिक स्वास्थ्य कार्यक्रमहरूमा उहाँको समर्पण उल्लेखनीय छ। ब्लड डोनर्स अफ अमेरिकासँग सुरुवातदेखि नै जोडिएका पगेनीले मेरिल्यान्डमा थुप्रै रक्तदान कार्यक्रम आयोजना र समन्वय गर्नुभएको छ। उहाँले स्थानीय नेपाली समुदायलाई सामाजिक सहकार्यमा एकजुट गराउन निरन्तर काम गर्दै आउनुभएको छ। पगेनीको नेतृत्वमा मेरिल्यान्ड स्टेट कमिटिले दर्जनौं रक्तदान र स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

पुनर्गठन सभाको अन्त्यमा अध्यक्ष पगेनिले सबैलाई रक्तदानको अभियानमा सहभागी हुन आग्रह गर्दै सामाजिक उत्तरदायित्वको भावना बढाउन आह्वान गर्नुभयो।

नयाँ कार्यसमिति

अध्यक्ष: सुशिल पगेनि

वरिष्ठ उपाध्यक्ष: तारा खराल नेऊपाने

उपाध्यक्षहरू: केमिका भण्डारी, समिप आचार्य

महासचिव: अमृता नेपाल

सचिव: गणेश भट्टराई

कोषाध्यक्ष: यमुना गौतम

बोर्ड अफ डाइरेक्टरहरू: निशा पन्थि, तुल्सीराम तिवारी, बिकास जंग थापा, डा. एक्ता कोईराला

सदस्यता र सहयोग

कार्यक्रममा धेरै व्यक्तिहरूले आजीवन सदस्यता लिए। सदस्यता शुल्क व्यक्तिगत रूपमा 100 डलर र पारिवारिक सदस्यताको लागि 150 डलर एकपटक तिर्नुपर्ने हुन्छ। इच्छुकहरूले संस्थाको वेबसाइटबाट सदस्यता लिन र सहयोग गर्न सक्छन्।

 

लिङ्क: http://blooddonorsofamerica.org/

यो पुनर्गठनले मेरिल्यान्डमा रक्तदान अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :कार्तिक २२, २०८२ शुक्रवार - ०७:५०:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend