Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार समर्पण

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार समर्पण

नेप्लिज डायस्पोरा

१३, पौष २०८२
images
खाइराइड हास्यव्यङ्ग्य पुरस्कार समर्पण

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८२ साल पुस १२ गते काठमाडौंमा आयोजित एक समारोहका बीच अर्पण गरियो । नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले यो स्थापना पुरस्कार गरेका हुन् । विद्यालय तहका छात्रछात्रामा हास्यव्यङ्ग्य साहित्य लेखनमा प्रेरणा जगाउने  पुरस्कारको मुख्य उद्देश्य हो ।  यो पुरस्कार विद्यालय तहका विद्यार्थी बीच प्रतियोगिता गरी हरेक वर्ष प्रदान गरिन्छ ।  

मङ्सिर १, २०८२ को समय अवधि तोकी विद्यालय तहको ‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता–२०८२ का लागि बाङ्गा अक्षरले निबन्ध आह्वान गरेको थियो ।

देश भरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट निबन्ध आह्वान गरी प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा भएको हो । मूल्यांकन हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा। ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्साल रहनु भएको मूल्याङ्कन समितिले गरेको हो ।  

IMG_6729.jpeg

 

काभ्रे इङ्लिश माध्यामिक विद्यालय, पनौती काभ्रे की छात्रा कुसुम घिमिरेलाई रू. २०,००० (वीस हजार) नगद र सम्मानपत्र सहित प्रथम पुरस्कार अर्पण गरियो । डियरवाक सिफल स्कुल, सिफल काठमाडौं का छात्र साइमन घिमिरे लाई  रू. १०, ००० (दश हजार) नगद र सम्मानपत्र सहित द्वितीय पुरस्कार अर्पण गरियो ।

त्यसैगरी डियरवाक सिफल स्कुल, सिफल काठमाडौं की अनुश्री आचार्य  र सिद्देश्वर माध्यामिक विद्यालय दाँवा, भोजपुर की विनिता प्रधान लाई जनही नगद रू. ५,००० (पाँच हजार) नगद र सम्मानपत्र सहित अर्पण गरियो ।

 

बाङ्गा अक्षर नेपाल शाखाका सह संयोजक डिल्लीप्रसाद मूलतिहूनको सभापतित्वमा सम्पन्न समारोहको प्रमुख अतिथि हुनुहुन्थ्यो फित्कौली डटकमका प्रधान सम्पादक एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल ।

अन्य अतिथिहरूमा प्राज्ञ श्याम तमोट, हास्य कलाकार मनोज गजुरेल र सुवोध गौतम, डा. टिका लम्साल, चण्डी कार्की लगायत हुनुहुन्थ्यो ।

डा. टिका लम्सालले बाङ्गा अक्षरको उपस्थिति र खाइराइड पुरस्कार स्थापनाको उद्धेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो ।

पुरस्कार अर्पण अगाडि हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष एवम् रचना मूल्याङ्कन समितिका संयोजक लक्ष्मण गाम्नाङ्गेले तयार गरेको समीक्षात्मक टिप्पणी अनिल पौडेलले वाचन गर्नु भएको थियो ।

कार्यक्रममा पुरस्कृत छात्रछात्राहरूले आआफ्नो निबन्ध बाचन गरेका थिए ।

प्रमुख अतिथि नरनाथ लुइँटेलले हास्यव्यङ्ग्यकार खाइराइड हास्यव्यङ्ग्य पुरस्कार नेपाली हास्यव्यङ्ग्यकै पुनर्जागरणमा एउटा महत्वपूर्ण कडी हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । यसले हाम्रो युवा पुस्तामा हास्यव्यङ्ग्य लेखनप्रति अभिरूचि जगाउँन र अभिप्रेरित गर्न सफल होस् भनी बाङ्गा अक्षर परिवार र खासगरी पुरस्कार संस्थापक राजेन्द्र कार्कीलाई विशेष शुभकामना व्यक्त गर्नु भएको थियो।

अतिथि श्याम तमोटले तत्कालीन समयको चर्चा गर्दै अहिलेको परिवेश फरक रहेको, आफूलाई कार्यक्रममा आमन्त्रण गरेकामा हर्ष विभोर भएको, हास्यव्यङ्ग्यकार कार्कीलाई विशेष धन्यवाद । पुरस्कार संस्थापक हास्यव्यंग्यकार राजेन्द्र कार्की आफ्ना विद्यार्थी भएको र उनले आफुलाई आमन्त्रण गरेकोमा हर्ष विभोर हुंदै पहिलेको भन्दा अहिले परिवेश धेरै फरक भएको बताउनु भयो । अतिथि चण्डी कार्कीले पुरस्कार संस्थापकलाई अभिभावकत्व गर्दाका पुरानो दिनको संस्मरण गर्नु भयो । आफ्नो भाइले यस्तो प्रेरणादायी काम गरेकोमा गर्व महसुस भएको बताउनु भयो ।

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल र सुवोध गौतमले प्रस्तुत गरेका हास्यव्यङ्ग्यमूलक प्रस्तुतिले सभाकक्ष हाँसोमय बनेको थियो । चक्र दवाडी, अनिता कोइराला र अनिल पौडेलले व्यङ्ग्यात्मक कविता प्रस्तुत गर्नुभएको थियो ।

सरकार चाहियो

शब्द: सतीश चापागाई

संगीत/ स्वर : शिशिर योगी

images
प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - ०९:४०:५८ बजे

नेप्लिज डायस्पोरा

सम्बन्धित समाचार
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न    पाल्पा, जेठ ३१ ।  साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।   कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताउनु भयो । उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राख्नु भयो ।   उहाँले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताउनु भयो । दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्षहरू उजागर गरेको उहाँको भनाइ थियो ।   समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । उहाँले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गर्नु भयो ।   कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताउनु भयो ।   उहाँले साहित्य, भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गर्नु भयो । आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताउनु भयो ।   प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनु भयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।   उहाँले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताउनु भयो । परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।   कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उहाँले बताउनु भयो ।   कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend