Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लम्जुङ अमेरिका सेवा समाजको कार्यकाल हस्तान्तरण, सागर कुँवरको अध्यक्षतामा नयाँ समिति

लम्जुङ अमेरिका सेवा समाजको कार्यकाल हस्तान्तरण, सागर कुँवरको अध्यक्षतामा नयाँ समिति

नेप्लिज डायस्पोरा

२९, पौष २०८२
images
लम्जुङ अमेरिका सेवा समाजको कार्यकाल हस्तान्तरण, सागर कुँवरको अध्यक्षतामा नयाँ समिति

लम्जुङ अमेरिका सेवा समाजको कार्यकाल हस्तान्तरण सम्पन्न, सागर कुँवरको अध्यक्षतामा नयाँ समिति गठन

 

लम्जुङ अमेरिका सेवा समाजको कार्यकाल हस्तान्तरण कार्यक्रम आज मिति ११ जनवरी २०२६, आइतबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष श्री गणेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

 

कार्यक्रममा सचिव प्रेम कमलीले सन् २०२३–२०२६ को कार्यकालमा भएका विविध गतिविधि तथा आय–व्यय विवरण प्रस्तुत गर्दै संस्थाको प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभयो।

 

सो अवसरमा लम्जुङ समाज अमेरिकाका वरिष्ठ सल्लाहकार प्रभु थापा, सल्लाहकार राजु पराजुली शसी थापा, लगायत लम्जुङका सयौँ विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमकै बीच आगामी कार्यकालका लागि श्री सागर कुँवरको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको घोषणा गरियो। हाल तत्कालका लागि ११ जना सदस्य चयन गरिएको र बाँकी २ जना पछि मनोनयन गरिने जानकारी दिइयो।

 

नवनिर्वाचित पदाधिकारीहरू

• अध्यक्ष: सागर कुँवर

• उपाध्यक्ष: कुम गुरुङ

• उपाध्यक्ष: प्रेम घिमिरे

• सचिव: प्रेम कमली

• कोषाध्यक्ष: स्वस्तिका घिमिरे

 

सदस्यहरू

• सुदीप अधिकारी

• सनोध कुँवर

• राजेन्द्र कुँवर

• विकाश कुँवर

• राजकुमार गैरे

• सन्जय थापा

 

कार्यक्रममा बोल्दै नव-निर्वाचित अध्यक्ष सागर कुँवरले लम्जुङबासीबीच एकता, सहकार्य र सेवाभावलाई अझ सुदृढ बनाउँदै संस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

लम्जुङ अमेरिका सेवा समाजले आगामी दिनमा सामाजिक सेवा, आपतकालीन सहयोग तथा समुदाय सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

images
प्रकाशित मिति :पौष २९, २०८२ मंगलवार - ०६:४२:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend