बाल्टिमोर, अमेरिका।
बाल्टिमोर काउन्टीको कमिसन फर वुमन कमिशनको बोर्ड सदस्यमा महिला अधिकारकर्मी सिर्जना काफ्ले मनोनित हुनुभएको छ ।
“म तपाईंलाई बाल्टिमोर काउन्टी महिला आयोगमा नियुक्त गर्न पाउँदा खुसी छु।” काफ्ले मनोनित भएको जानकारी गराउंदै बाल्टिमोर काउन्टी एक्जुकेटिभ क्याथी क्लाउज्मायरले लेखेकी छन् ।
काप्लेको कार्यकाल जनवरी २३ देखि लागू हुँदैछ र डिसेम्बर ३१, २०२८ मा समाप्त हुने जनाईएको छ ।
नेपालदेखि नै महिलाको अधिकार, समानता र सशक्तीकरणका लागि क्षेत्रमा सक्रिय रहेकी काफ्लेलाई उहांको पुरानो कार्य अनुभव र नेतृत्व क्षमताका आधारमा उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
नेपाल अमेरिका पत्रकार संघ नेजाकी उत्तर अमेरिका संयोजक काफ्ले नेप्लिज डायस्पोराकी शुभेच्छुक हुनुहुन्छ । काफ्लेको मनोनयनप्रति खुशी व्यक्त गर्दै उहांको कार्यकालको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछौं ।