अमेरिका र क्यानडामा सक्रिय संचारकर्मी तथा अभियन्ता शैलेश श्रेष्ठलाई पितृशोक परेको छ ।
श्रेष्ठका पिता पदम प्रसाद श्रेष्ठको ८५ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतबाट जानकारी प्राप्त भएको छ ।
स्वर्गीय पदम प्रसाद श्रेष्ठका दुई श्रीमती, ५ छोरा र ५ छोरी रहेका छन् ।
अभियन्ता शैलेश श्रेष्ठ सबैभन्दा जेठा छोरा हुन् ।
नेप्लिज डायस्पोराका नियमित लेखक, शुभचिन्तक तथा संगीतमा रुची राख्ने पुराना कलाकार समेत रहेका शैलेश श्रेष्ठलाई परेको पितृ वियोगका बेला हामी उहांको परिवारमा धैर्य धारण गर्ने क्षमता रहोस् भन्ने कामना गर्दै स्वर्गीय पिता पदम प्रसाद श्रेष्ठको आत्माको चीर शान्तिको कामना गर्दछौं ।