टेक्सास — पाल्पाली संगम टेक्सासको आयोजनामा ग्रीनभिल, टेक्सासमा ब्लड ड्राइभ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा पाल्पाली समुदायका दाजुभाइ, दिदीबहिनी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा करिब २० जना डोनरहरूले रक्तदान गरेका थिए। कार्यक्रमलाई ब्लड डोनर्स अफ अमेरिका र कार्टर ब्लड सेन्टरले सहजीकरण गरेका थिए।

कार्यक्रममा पाल्पाली संगम टेक्सासका अध्यक्ष शिव काफ्ले, सचिव नारायण पौडेललगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै पाल्पाली संगम अमेरिकाका पूर्व उपाध्यक्ष डांसन्दीप पांडे एनआरएनए टेक्सास कमिटी अध्यक्ष निकेश पोख्रेल, एनआरएनए एनसिसी अमेरिकाका उपाध्यक्ष तथा पाल्पाली संगम टेक्सासका सदस्य नेत्र पाण्डे, पाल्पाली संगम अमेरीकाका सल्लाहकार यादव खनाल, कोषाध्यक्ष अर्जुन पौडेल, यसैगरी टेक्सास कमिटी कोषाध्यक्ष मनिष पौडेल, सदस्य बाबुराम अर्याल सदस्य राजेन्द्र पौडेल, लेखनाथ पौडेल, योग केसी, यूब खनाल, गंगा थापा, परशुराम दहाल, प्रेम थापा, सुनिल लम्साल लगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार यो कार्यक्रमले समुदायमा मानव सेवा, एकता र सहयोगको भावना अझ मजबुत बनाएको छ।

