Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अनुपम सिर्जना प्रतिष्ठानको १५७ औँ विशेष कविगोष्ठी सम्पन्न ।

अनुपम सिर्जना प्रतिष्ठानको १५७ औँ विशेष कविगोष्ठी सम्पन्न ।

images
अनुपम सिर्जना प्रतिष्ठानको १५७ औँ विशेष कविगोष्ठी सम्पन्न ।


पाल्पा, वैशाख १९ ।
अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १५७ औँ नियमित स्वतन्त्र विधा वसन्त विशेष कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देल ज्यू, विशिष्ट अतिथि एवं समीक्षक पुरुषोत्तम सिग्देल ज्यू, विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली ज्यूको गरिमामय उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ ।
उपत्यकाको पश्चिम भेगमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा सहभागी कविहरूले छन्द, स्वछन्द, कविता, मुक्तक रोचक ढङ्गबाट प्रस्तुत गर्नु भएको थियो  । कार्यक्रममा देशभक्ति भावयुक्त, जनचेतनामूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना निकै सुमधुर लयमा वाचन गरिएको थियो ।
गोष्ठीमा सिर्जना वाचन गर्ने साहित्यकारहरूमा भुवनहरि सिग्देल (मणिमाला – बूढीलागी रमितामा), दुर्गाप्रसाद सिग्देल ( स्रग्धरा – बाजे), पुरुषोत्तम सिग्देल (वसन्ततिलका - गाउँ), गणेश आत्रेय (द्रुतविलम्बित- वसन्त), डा.बमबहादुर थापा जिताली (हारिणी – वसन्तको विसङ्गति), हरिप्रसाद घिमिरे (पञ्चचामर- वसन्त) सूर्यकुमार पण्डित (छाया – वैशाख लागेपछि), हरिप्रसाद चौलागाईं (पञ्चचामर – नसोध को हँ हे चरी), जगदीश्वर पोखरेल (वसन्ततिलका – कोकिल हो वसन्त), सुधा बाँस्कोटा ढकाल (इन्द्रवज्रा – बुद्ध जयन्ती), दुर्गा रिमाल अधिकारी (इन्दिरा – कृष्णमा प्रेम), बिनुबाबा घिमिरे भण्डारी (इन्दिरा – नाच्न आउला) उत्तम भेटुवाल (स्रग्विणी – बुद्ध आऊन्), वीरबहादुर लोहनी (झ्याउरे – वसन्त ऋतु) टेकबहादुर‌ लौडारी (सवाई- बुद्ध जयन्ती) र उर्मिला पाण्डे लगायत हुनुहुन्थ्यो ।
प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देलले आफ्नो मन्तव्यमा अनुपम सिर्जना प्रतिष्ठान नेपालले छन्दको उन्नयनमा योगदान गरेको कुरा बताउँदै कार्यक्रमले स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसरका साथै भाषाको उन्नयनमा योगदान पुऱ्यायाइरहेको कुरा वर्णन गर्नु भएको थियो ।
समीक्षक पुरुषोत्तम सिग्देलले वाचन गरिएका सिर्जनाहरूको सुललित समीक्षा गर्नु भएको थियो ।
" कवितामा अलङ्कार तथा बिम्ब हुनुपर्दछ । भाषा मात्र कविता होइन । प्रयास गरे सजिलै सफल हुन सकिन्छ भन्दै कवि सदैव विपक्षमा उभिनु पर्दछ । " भन्ने कुरामा प्रमुख अतिथि डा. बमबहादुर थापा जितालीले जोड दिनुभएको थियो ।


images
प्रकाशित मिति :बैशाख २०, २०८३ आइतवार - २०:०५:१८ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend