Logo

आइतवार, आश्विन १८ गते २०८३   |   2026 October 04

images

images

स्याङ्जामा ‘अन्तरिक्षको आँगन’ विमोचन तथा सिर्जना उत्सव सम्पन्न

स्याङ्जामा ‘अन्तरिक्षको आँगन’ विमोचन तथा सिर्जना उत्सव सम्पन्न

नेप्लिज डायस्पोरा

१८, आश्विन २०८३
images
स्याङ्जामा ‘अन्तरिक्षको आँगन’ विमोचन तथा सिर्जना उत्सव सम्पन्न

 

पाल्पा, १७ असोज ।

निबन्धकार अनन्त अर्यालको पाँचौँ साहित्यिक कृति ‘अन्तरिक्षको आँगन (निबन्ध-आलेख सङ्ग्रह) को गृह विमोचन, कृति विमर्श तथा ‘अन्तरिक्षको आँगन सिर्जना उत्सव–२०८३ वालिङमा सम्पन्न भएको छ । गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङको आयोजना तथा ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाको सहकार्यमा वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको हो ।

​निबन्धकार अनन्त अर्यालको अध्यक्षता र अग्रज स्रष्टा विश्वप्रेम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लोकार्पणपश्चात् कृतिको समीक्षा गरिएको थियो । वक्ताहरू दीपक लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यामबहादुर कुँवर र चक्रबहादुर पराजुलीले कृति र निबन्धकार अर्यालको व्यक्तित्व एवं निबन्ध-लेखन शैलीमाथि चर्चा गर्नुभएको थियो । कार्यक्रममा लेखक अर्यालले आफ्नो निर्बन्धीय मन्तव्य व्यक्त गर्नुभएको थियो ।

​सुन्दर स्वदेश प्रकाशनद्वारा प्रकाशित र युवा स्रष्टा मिलन समीरद्वारा सम्पादित यस कृतिमा २९ वटा समसामयिक निबन्ध-आलेखहरू समाविष्ट छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एम.ए., एम.एड.) गर्नुभएका लेखक अर्याल हाल जनसेवा माध्यमिक विद्यालय, वालिङ–१४, डुम्रेभञ्ज्याङमा प्रधानाध्यापक हुनुहुन्छ । तीलाकुमारी स्मृति साहित्य पुरस्कार (२०६०) र भेषजविन्दु साहित्यिक पुरस्कार (२०८२) बाट सम्मानित अर्याल गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्छ ।

​युवा स्रष्टा शम्भु अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संयोजन ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान’का संयोजक मिलन समीरले गर्नुभएको थियो ।

​कार्यक्रमको दोस्रो चरणको ‘सिर्जना उत्सव’मा चिन्तु गिरी, लेखनाथ काफ्ले, नीलकण्ठ लम्साल, सीताराम अधिकारी, अग्निकुमार रेग्मी पल्लव, प्रेमबन्धु सुवेदी, लीलाम्बर ढुङ्गाना, शोभाकान्त रेग्मी, गुरुप्रसाद ढकाल, पारिश्वर न्यौपाने, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठक, प्रेमप्रसाद सुवेदी, विनुप्रसाद पराजुली, वसन्त खनाल, कमल बगाले, चण्डिकाप्रसाद भट्टराई तथा डिल्लीराम भण्डारी लगायतका स्थानीय स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो । सो अवसरमा उदय श्रेष्ठ र लक्ष्मीपति पौडेलले शुभकामना व्यक्त गर्नुभएको थियो ।

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - ०८:५६:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend