Logo

आइतवार, आश्विन १८ गते २०८३   |   2026 October 04

images

images

अनुपम सिर्जना प्रतिष्ठानको १६२ औँ कविगोष्ठी सम्पन्न

अनुपम सिर्जना प्रतिष्ठानको १६२ औँ कविगोष्ठी सम्पन्न

नेप्लिज डायस्पोरा

१८, आश्विन २०८३
images
अनुपम सिर्जना प्रतिष्ठानको १६२ औँ कविगोष्ठी सम्पन्न

     

पाल्पा, १७ असोज ।

अनुपम सिर्जना प्रतिष्ठान नेपाल, कलङ्कीको आयोजनामा १६२ औँ नियमित प्रविधिमैत्री चाडपर्व विशेष कविगोष्ठी शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पुरुषोत्तम सिग्देल प्रमुख आमन्त्रित समीक्षकका रूपमा रहनुभएको थियो भने डा. बमबहादुर थापा जिताली र कलानिधि दाहाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

​उपत्यकाको पश्चिम भेकमा क्रियाशील यस संस्थाको गोष्ठीमा सर्जकहरूले देशप्रेम, सामाजिक विकृतिविरुद्धका व्यङ्ग्य, जनचेतना तथा चाडपर्व विशेष भावका छन्द, लोकछन्द, स्वच्छन्द कविता, गजल, उदक, चारु र सुसेलीलगायतका रचना सुमधुर लयमा प्रस्तुत गर्नुभएको थियो ।

​कार्यक्रममा वाचन गरिएका स्रष्टा, विधा/छन्द र रचनाका शीर्षकहरू यस प्रकार रहेका छन्:

​भुवनहरि सिग्देल (सवाई - ‘मलाई पर्यो गाह्रो)

​पुरुषोत्तम सिग्देल (चारु - ‘इमान)

​कलानिधि दाहाल (अनुष्टुप् - ‘दशा दशैँ गरीबको)

​बमबहादुर थापा जिताली (अनुष्टुप् - ‘विपत्तिमा मिली जुटौँ)

​हरि खनाल (अनुष्टुप् - ‘म ठुलो कवि हुँ)

​नरनाथ लुइँटेल (सवाई - ‘देश दुख्यो)

​दुर्गा अधिकारी (सुसेली - ‘चाडवाड)

​जितु खड्का (‘शुभकामना)

​वासु ठकुरी (अनुष्टुप् - ‘लेखक)

​जगदीश्वर पोखरेल (समानिका - ‘दशैँ)

​विनुबाबा घिमिरे (स्रग्विणी - ‘भाउजू)

​उत्तम भेतुवाल (अनुष्टुप् - ‘सोचिन्त्य)

​चन्द्र न्यौपाने (सुसेली / सवाई - ‘दशैँ ढपक्कै)

​सुधा बाँस्कोटा (भुजङ्गप्रयात / गजल)

​टेकबहादुर लौडारी (चारु - ‘आयो दशैँ त भन्छन्)

​द्वारिका कुँइकेल (सुसेली - ‘दशैँ तिहार)

​आर्त अकुलीन (उदक / सुसेली / चारु - ‘शृङ्गारिक)

​पवनकुमार बुढाथोकी (चारु - ‘शृङ्गारिक)

​वीरबहादुर लोहनी (सवाई - ‘दशैँ)

​कार्यक्रमका प्रमुख समीक्षक पुरुषोत्तम सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानले नेपाली भाषा र छन्दको उन्नयनमा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो । उहाँले यस मञ्चले स्थापित तथा नवोदित सर्जकहरूलाई सिक्ने र आफ्ना रचना प्रस्तुत गर्ने राम्रो अवसर प्रदान गरेको उल्लेख गर्दै वाचित कविताहरूको समीक्षा समेत गर्नुभएको थियो । सो अवसरमा समीक्षक सिग्देलको रचनामाथि कलानिधि दाहालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

​उपाध्यक्ष जगदीश्वर पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै सर्जकहरूको माया र निरन्तरको उपस्थितिले संस्था जीवन्त बनेको बताउनुभयो । कार्यक्रमको कुशल संयोजन समेत उपाध्यक्ष पोखरेलले गर्नुभएको थियो ।

​अन्तमा अध्यक्ष भुवनहरि सिग्देलले संस्थाको निमन्त्रणा स्वीकार गरी गोष्ठीलाई सफल बनाउनुहुने सम्पूर्ण सर्जकहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - ०८:४९:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend