चर्चित फोटोग्राफर राजिव श्रेष्ठ 'फोटोशूट'मा ब्यस्त
वाशिंगटन डी. सी., अमेरिका । फेसबुकका भित्ताहरु हुन् वा अन्य जमघट, हिजो आज नेपाली महिला दिदीबहिनीहरुमा तीजको चर्चा बढ्दो छ । नेपालमा मात्र होइन, नेपालीहरु पुगेको सबै मुलुकमा तीजको चहलपहल बढेको छ । अमेरिकाको विभिन्न राज्यमा पनि तीज मनाउने क्रम सुरु भइसकेको छ । सर्वसाधारण देखि सेलिब्रिटीसम्म हरितालिका तिजको पर्वमा जुटीसकेका छन् ।
समय संगै तिज मनाउने क्रम नाच-गान र खानपिनमा मात्र सिमित रहेन । व्यवसायिक फोटोग्राफरबाट तिजको फोटो खिचाउने चलन पनि निकै लोकप्रिय भएको छ । नेपालका चर्चित फोटोग्राफर राजिव श्रेष्ठ अमेरिकाको विभिन्न राज्यमा तिजको 'फोटोशूट'मा व्यस्त हुन थालेका छन् । श्रेष्ठले हालै म्यारिल्याण्ड राज्यमा तिज विशेष 'फोटोशूट' सम्पन्न गरेका छन् । अन्य ठाउँबाट पनि माग आइरहेको बताएका छन् ।
नेपालमा रहँदा पनि तिज-पर्वलाई विभिन्न मोडेल तथा सेलेब्रिटी 'फोटोशूट' मार्फत प्रस्तुत गर्दै आएका श्रेष्ठले अमेरिकामा पनि त्यहि कलालाई निरन्तरता दिईरहेका छन् । फोटो-कलाको माध्यामबाट नेपाली तथा विदेशी मोडेल, कलाकार तथा सेलेब्रिटी विश्वमा परिचित गराएका श्रेष्ठ तीजमा गरिने फोटोशूटको विशेष महत्व हुने बताउँछन् ।
उनि भन्छन-" हुन त मैले नेपालमा हुँदा होलि, दशैं, तिहार, जात्रा तथा सबै चाडपर्वलाई फोटोको माध्यामबाट प्रस्तुत गर्दै आएको छु । तर तीजमा प्रयोग हुने गर-गहना, कपडा र रंग (कलर) ले महिला दिदीबहिनीहरुको फोटो कलात्मक र सुन्दर देखिने हुनाले तिजको फोटोशूटलाई बढी महत्व दिन्छु ।"
राजिव श्रेष्ठका तीज विशेष फोटोहरु क्रमश मिडिया आउने कुरा बाताएका छन् । यसले महिला दिदीबहिनीहरुलाई आफ्नो कला र संस्कृति प्रति महत्व झल्काउँछ र उनीहरुमा आत्माविश्वास बढाउँछ । यस वर्ष नेपालीपात्रो अनुसार यहि भदौ २७ गते बुधबार र इस्वी सम्बत सेप्टेम्बर १२ तारिक मनाइने तिजले सबै दिदीबहिनीहरुको मुहारमा हाँसो ल्याओस । महिला माथिको थिचोमिचो र हिँसा विरुद्ध लड्न पनि यो तिज पर्वले अभिप्रेरित गरोस ।
तिजको यहि शुभकामना !
प्रकाशित मिति :भाद्र २३, २०७५ शनिवार -
२०:५१:२१ बजे