पुर्ब प्रधानमन्त्री तथा नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अमेरिकाको डि.सी मेट्रो क्षेत्रका नेपालीहरुसंग सेप्टम्बर १२ तारिखका दिन बृहत अन्तरक्रिया गर्नुभएको छ ।
अन्तरक्रियामा बोल्दै भट्टराईले आफु राजनीतिका कुरा गर्न भन्दा पनि बिकसित देशमा रहेका नेपालीको भावना बुझ्न र ती देशका विकास गतिबिधिको अध्ययन गर्न भ्रमणमा निस्किएको बताउनु भएको थियो ।
"विदेशले नागरिता दिएको भनेर आफ्ना नागरिकलाई देश फर्कने बाटो बन्द गर्नुहुन्न बरु कसरी हुन्छ उनीहरुलाई देश फर्कने र देशको बिकासमा सम्ज्लं हुने बाताबरण बनाउनु पर्छ भनेर मैले पटक पटक संसद मै भनेको छु" डाक्टर भट्टराईले भन्नुभयो ।
"युवा जनशक्ति खाडी मुलुकमा जानुपर्ने र हरेक दिन काठको बाकसमा फर्कनु पर्ने स्थितिले मलाई चिन्तित बनाएको छ । यो अवस्था रोक्न रोजगार र आयमुलक कार्यक्रम ल्याउन सरकारको ध्यान जानुपर्ने मेरो विचार हो ।" भट्टराईले भन्नु भयो ।
सो अवसरमा अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कार्कीले पनि बोल्नु भएको थियो ।
उक्त अन्तरक्रियामा अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महत र स्थानिय ब्यबसायी लोक तिवारीले सबैको तर्फबाट भट्टराई दम्पतीलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने बिभिन्न तह र तप्काका झन्डै साठी जना नेपालीहरुको सहभागिता थियो ।
एक महिना लामो अध्ययन भ्रमणका क्रममा भट्टराई श्रीमती हिशिला यमीसंगै अमेरिका आउनु भएको हो ।
उहाँहरुले अमेरिकाका बिभिन्न राज्यहरुमा नेपालीहरुसंग छलफल गर्ने कार्यक्रम रहेको भट्टराई निकट स्रोतले नेप्लिज डायस्पोरालाइ जानकारी दिएको छ ।
`
प्रकाशित मिति :भाद्र २८, २०७५ बिहिवार -
२१:१७:२० बजे