Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एनआरएनए स्वीसका महासचिव श्रेष्ठलाई पुत्री शोक

एनआरएनए स्वीसका महासचिव श्रेष्ठलाई पुत्री शोक

नेप्लिज डायस्पोरा

३०, जेठ २०७५
images
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डका महासचिव शुक्र श्रेष्ठलाई पुत्री शोक परेको छ। स्विट्जरल्याण्डको सिवन निवासी शुक्र श्रेष्ठ तथा श्रीमती दीपा श्रेष्ठ खड्का कि कान्छी सुपुत्री स्रिदा श्रेष्ठको मंगलबार साँझ बासेलस्थित युनि बालअस्पतालमा उपचारका क्रममा असामयिक निधन भएको छ । २०१६ सेप्टेम्बर १४ मा जन्मिएकी स्व.स्रिदाको शवलाई आगामी २५ मई २०१८ शुक्रबार बिहान ०८:०० बजेदेखि ०८:४५ बजेसम्म बासेलको Friedhof am Hörnli, Hörnlialle 70, 4125 Riehen मा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने परिवार श्रोतले जनाएको छ। शुक्र श्रेष्ठ तथा श्रीमती दीपा श्रेष्ठ खड्काकी कान्छी सुपुत्री स्रिदा श्रेष्ठको असामयिक निधनको खबरले हामी स्वीसनेपाल डटकम परिवार अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौँ। यस दुःखद घडीमा स्व.स्रिदाको आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै यस प्रकारको अकल्पनीय एवं अत्यन्त दुःखद घटनाबाट श्रेष्ठ परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् भनि भगवानसँग प्रार्थना गर्दै सिंगो परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७५ बुधवार - ११:४९:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend