Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बुवाआमालाई धन्यवाद दिँदै २३ वर्षे नेपाली युवकले गरे अमेरिकामा पुलबाट हामफालेर आत्महत्या, सुसाइट नोटमा भेटियो यस्तो सन्देश

बुवाआमालाई धन्यवाद दिँदै २३ वर्षे नेपाली युवकले गरे अमेरिकामा पुलबाट हामफालेर आत्महत्या, सुसाइट नोटमा भेटियो यस्तो सन्देश

सतीश चापागाईं

२८, भाद्र २०७५
images
  अमेरिकामा एक नेपाली युवकले आत्महत्या गरेका छन् ।   क्यालिफोर्नियाको हल सान पाब्लो बस्दै आएका नवलपरासी रामग्राम वडा नम्बर २ का कृष्ण भट्टका २३ वर्षिय छोरा संचित भट्टले ११ तारिखका दिन पुलबाट हाम फालेर आत्महत्या गरेको स्रोतले जनाएको छ ।   स्रोतका अनुसार संचितले रातीको ९ बजे आँफैले कार चलाएर सान राफेलको पुलबाट हाम फालेर आत्महत्या गरेका हुन् ।   प्रहरीले संचितले लेखेको सुसाइट नोट पनि फेला पारेको छ । उनको सुसाइट नोटमा आँफुलाई जन्म दिएका बा आमालाई उनले धन्यवाद दिएका छन् भने आँफुले कसैका कारण आत्महत्या नगरेको कारण समेत खुलाएका छन् ।   उनले सुसाइट नोटमा भनेका छन् मैले कसैको केही नबिगारेको समेत छैन । उनले आत्महत्या गरेको कारण अहिलेसम्म खुल्न सकेको छैन । संचितको अन्त्यष्टी शुक्रबार क्यालिफोर्नियाको एल सोबरनेटमा गरिने बताइएको छ ।खसोखासबाट

images
प्रकाशित मिति :भाद्र २८, २०७५ बिहिवार - २१:५९:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend