Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनलाई राजनीतिक अधिकार सहितको नेपाली नागरिकता दिनुपर्छ : डा. भट्टराई

एनआरएनलाई राजनीतिक अधिकार सहितको नेपाली नागरिकता दिनुपर्छ : डा. भट्टराई

सतीश चापागाईं

१, आश्विन २०७५
images
  ड्यालस (अमेरिका) –   पूर्ब प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यतिखेर नेपाललाई विदेशमा रहेका नेपालीहरुको शीप, स्रोत र क्षमताको जरुरत भएको बताएका छन् ।   ड्यालसमा शनिबार बिहान नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. भट्टराईले भने–‘बरु तपाईहरुलाई नेपाल नचाहिएको हुनसक्छ, नेपाललाई भने तपाईहरुको जरुरी छ ।’ उनले नेपालको आर्थिक विकासका निम्ति प्रवासमा रहेका नेपालीहरुको आवश्यकता रहेको बताए ।   डा. भट्टराईले प्रवासमा रहेका नेपालीहरुलाई नेपालमा ल्याउनका लागि वातावरण मिलाउने दायित्व आफ्नो पनि भएको उल्लेख गरे । एनआरएनहरुको नेपाली नागरिकताको निरन्तरता मुलुकको लागि पनि हितकर हुने उल्लेख गर्दै राजनीतिक अधिकार सहितको नागरिकता दिनुपर्नेमा आफ्नो सहमति रहेको उनले बताए ।   ‘एनआरएनहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता दिँदा हुन्छ भन्ने मेरो धारणा हो, तर अहिले ऐन ड्राफ्ट आउँदा राजनीतिक अधिकार हटाइरहेको रहेछ । नागरिकता दिँदा हुन्न्छ, नागरिकताको निरन्तरताले देशलाई लाभै हुन्छ,’ पूर्ब अर्थमन्त्री समेत रहेका डा. भट्टराईले भने ।   देशलाई विकास गर्नका लागि पूँजीको आयातमा अवरोध गर्नु नहुने धारणा पनि डा. भट्टराईको थियो । ‘बाहिरबाट आउने लगानीमा स्रोतको खोजी गरेर किन अनावश्यक चक्करमा पर्नु ?’ उनले प्रश्न गरे ।   बाहिरबाट नेपालमा लैजाँदा कानुनको पालना भएको रहेनछ भने त्यसलाई नियमन गर्ने अन्तर्राष्ट्रिय कानुनहरु पनि छन् । त्यही कानुनले हेरिहाल्छ, नेपाल भित्रिनेमा अनावश्यक चक्करमा पर्नु आवश्यक नभएको समेत उनले बताए । उनले यसपटकको आफ्नो अमेरिका भ्रमण यहाँ रहेका नेपाली समुदायका सदस्यहरु र अमेरिकाकै बिभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरुसँग भेटेर कुरा र अनुभव सुन्ने उद्वेश्य रहेको उनले जानाकारी दिए ।   देश कसरी समृद्ध कसरी हुनसक्छ भन्ने एक प्रश्नमा पूर्ब प्रधानमन्त्री भट्टराईले नेपालको भू–बनौट र भू–राजनीति मुख्य वाधक रहेको उल्लेख गरे । श्रमशक्ति निर्यात गरेर र विदेशी सामान उपभोग गरेरमात्र देश नबन्ने उनको भनाई थियो । ‘श्रमलाई हेर्ने जुन प्रकारको सोचाई नेपाली समाजमा रह्यो त्यसले पनि विकासमा समस्या बढाएको छ,’ डा. भट्टराईले भने ।   निर्वाहमुखी अर्थतन्त्रमा आधारित भएर संसारका कुनै पनि देश अघि बढ्न नसकेको उल्लेख गर्दै डा. भट्टराराईले नेपालको तुलनात्मक लाभका क्षेत्र के हुन् भन्ने कुरालाई पहिल्याएर गुणात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । कि जान्नुपर्छ कि छाड्नुपर्छः पूर्ब प्रमं भट्टराईले व्यबस्था बदलिएपनि सोच नबदलिएका कारण समस्या जस्ताको तस्तै रहेको उल्लेख गरे । उनले व्यबस्थाको बखान गरेरमात्र नहुने र कि जान्नुपर्ने कि त सक्षम युवापुस्तालाई छाडिदिनुपर्ने बताए ।   ‘अहिले सरकारको पहिलो ६ महिना त्यति आशाजनक र सकारात्मक देखिएको छैन । तर, ६ महिनानै अन्त्यनै भने होइन,’ उनले भने । डा. भट्टराईले केपी ओली नेतृत्वको वर्तमान सरकालाई काम गर्ने प्रयाप्त अवसर रहेको उल्लेख गर्दै काम गर्नका लागि शूभकामना दिए ।   बाघ बुढो र स्याल तन्नेरीः डा. भट्टराईले आफ्नो मन्तव्यको केही समय अमेरिकाको गुणगान र समृद्धिको समेत चर्चा गरे ।   ‘संसारमा अमेरिका एक शताव्दीदेखि विकासको केन्द्रविन्दू भएको छ । पछिल्लो समय दक्षिणपूर्बी एसियाली देशहरु विकासको गतिमा अघि बढेपनि अमेरिकालाई बुढो बाघको संज्ञा दिए ।   ‘जतिसुकै बुढो भएपनि बाघ भनेको बाघै हो, तन्नेरी स्यालले उछिन्न सक्दैन,’ उनले भने ।   उनले अहिले नेपाललाई दुई अर्थतन्त्रबीचको पुल बन्नुपर्ने र त्यसबाट फाइदा लिनुपर्ने बताए ।   क्रान्तिको नियमः माओवादीको सशस्त्र द्वन्द्वको समयमा १७ हजार सर्वसाधारण मारिएको प्रश्नको उत्तर दिँदै भट्टराईले बलिदानीको क्रममा त्यस्तो हुने रहेछ भने । त्यसलाई समिक्षा गरेर अब मलहम पट्टी लगाउनेतिर लाग्नुपर्ने उनको धारणा थियो ।   पीडितलाई मलहम पट्टी लगाउनेतिर सबै लाग्नुपर्छ । ‘पीडितलाई उचित संरक्षण र हेरबिचार गर्नेतिर लाग्नुपर्छ,’उनले भने ।   नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको सभापतित्व तथा सचिव सुरज भण्डारीको सञ्चालनमा भएको अन्तरकृयामा पूर्बमन्त्री तथा भट्टराईपत्नी हिसिला यमीले संसारमा ध्वँस्त नभैकन कुनै पनि संरचना पुरै नबनेको उल्लेख गर्दै युद्धको समयमा एक्साभेटर जलाएको सन्दर्भ निकालेकी थिइन् ।   त्यस अवसरमा डा. भट्टराईले अहिलेको व्यबस्थाले देशमा स्थिरता नदिने दावी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीमा नगएसम्म स्थिरता नआउने बताए ।   एक महिने लामो अमेरिका अध्ययन भ्रमणमा आएका डा. भट्टराईले अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।खसोखास

images
प्रकाशित मिति :आश्विन १, २०७५ सोमवार - १०:४५:११ बजे

सतीश चापागाईं

सम्बन्धित समाचार
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न    पाल्पा, जेठ ३१ ।  साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।   कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताउनु भयो । उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राख्नु भयो ।   उहाँले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताउनु भयो । दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्षहरू उजागर गरेको उहाँको भनाइ थियो ।   समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । उहाँले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गर्नु भयो ।   कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताउनु भयो ।   उहाँले साहित्य, भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गर्नु भयो । आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताउनु भयो ।   प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनु भयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।   उहाँले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताउनु भयो । परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।   कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उहाँले बताउनु भयो ।   कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend