Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एन आर एन ए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एन आर एन ए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

३०, जेठ २०७५
images
एन आर एन ए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पेरिस बाट नजिकै Bobigny शहरको हस्पिटाल आभिसेन (Hôpital Avicenne) स्थित रक्त दान कक्षामा आयोजना गरिएको थियो । एन आर एन ए फ्रान्सले पहिलोपटक आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका पुर्व पदाधिकारीहरु, कार्यसमितिका पदाधिकारीहरु तथा फ्रान्सवासी नेपाली दाजुभाई दिदि बहिनीहरूको व्यापक उपस्थिति रहेको थियो । एन आर एन फ्रान्सका सचिव प्रविन सापकोटा को प्रमुख संयोजकत्वमा सम्पन्न कार्यक्रममा २७ जना महानुभावहरुले रक्तदान गर्नु भएको थियो । उपस्थित दाताहरुले यस कार्यक्रमको प्रशंसा गर्दै आगामि दिनमा पनि यस्तो समाजिक कार्यलाइ निरन्तरता दिन सुझाब दिएका थिए । एनआर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल ले रक्त दान गरि यस पवित्रकार्य मा भागलिनुहुने तथा कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो साथै कार्यक्रम संयोजक प्रविन सापकोटाले सबैको साथ पाएमा यस्ता कार्यक्रमहरुलाई भविस्यमा पनि निरन्तरता दिने बाचा गर्दै रक्तदान गर्नुहुने दाताहरु र सहयोग गर्ने मेडिकल टोलि लाइ धन्यबाद ब्यक्त गर्नुभयो ।



images
प्रकाशित मिति :जेठ ३०, २०७५ बुधवार - १२:०४:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend