Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

पेरिसमा आइफल टावोर अगाडी २५६२ औ बुद्ध जयन्ती मनाइयो

पेरिसमा आइफल टावोर अगाडी २५६२ औ बुद्ध जयन्ती मनाइयो

नेप्लिज डायस्पोरा

३०, जेठ २०७५
images
पेरिसमा आइफल टावोर अगाडी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमा फैलाउने उद्देश्यसहित बुद्ध जयन्ती मनाइयो। भगवान गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित भएका थिए । बुद्धका तस्विर र पोस्टरसंगसंगै नेपाली झण्डाको उपस्थितिले बुद्ध र नेपालको सम्बन्ध दर्शाइरहेका थिए। फ्रान्सस्थित नेपाली दूतावास, एन आर एन फ्रान्स, फ्रान्स नेपाल मैत्री संघ, मैजों कल्चर, नेपाली एकता समाज, तमु समाज, पाकोफेन र म्याग्दी समाज ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपालीहरुको भब्य सहभागिता रहेको थियो । विभिन्न संस्थाहरुका प्रतिनिधिहरुले विश्व आतंकवादले त्रसित भइरहंदा बुद्धको शान्ति सन्देश अहिले झन् आवश्यक भएको उल्लेख गरेका थिए । उनीहरुले नेपाल र विश्व राजनीतिमा बुद्धको नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औलाउदै बुद्धको अनुशरण गरेर मात्रै विश्वमा शान्ति र समृद्धि स्थापना हुन सक्ने बताए।

images
प्रकाशित मिति :जेठ ३०, २०७५ बुधवार - १२:०७:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend