नेपाली कथानक चलचित्र तुँवालो को प्रिमियर शो अमेरिकाको बाल्टिमोरमा गरिएको छ ।
सो अवसरमा चलचित्रका निर्माता तथा कलाकार गिरीप्रसाद सुनारलाइ नासो संस्थाका तर्फबाट सम्मान गरिएको थियो । मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतलगायतले सम्मान गर्नुभएको थियो ।
बिभिन्न किसिमका सामाजिक भेदभावको बिषयमा केन्द्रित भएकोले यो चलचित्रको प्रिमियम शो बाल्टिमोरमा गरिएको नासोका अध्यक्ष गोपाल विश्वकर्माले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो ।
प्रकाशित मिति :आश्विन १, २०७५ सोमवार -
२०:१२:०९ बजे