Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

पोर्तुगल नेपाली महोत्सव भव्य सम्पन्न , म्याग्दी मारुनी विशेष प्रस्तुती

नेप्लिज डायस्पोरा

३०, जेठ २०७५
images
गैर आवासीय नेपाली पोर्तुगल अध्यक्ष कुबेर कार्कीको संयोजक्त्वमा नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०७५ को अवसरमा वाणिज्य दूतावास लिस्वोनको संरक्षकत्व तथा पोर्चुगलका लागी पर्यटन दूत,चेम्बर अफ कमर्सका प्रतिनिधि तथा पोर्चुगलमा रहेका सम्पूर्ण संघ संस्थाहरुको सह आयोजक्त्वमा लिस्वोनको मार्तिम मुनिज पार्कमा हिजो १५ अप्रिल २०१८ मा " प्रथम नेपाल महोत्सव २०१८" भब्य रुपमा सम्पन्न भएको छ ! पोर्तुगलमा रहेको बिभिन्न संघ संस्था एउटै छातामुनी ल्याउनी तथा नेपाली संस्कृतिक पहिचान र संम्बर्दन गर्ने मुख्य उद्देश्यले गरिएको कार्यक्रममा प्रमुख आकर्षण मोना म्याग्दीको सरस्वती मारुनी थियो भने अन्य जात जाती , फिल्मी नृत्य तथा अन्य नृत्य गायन रहेको थियो ! केहिले असुुुन्तुुुटी जनाएको भन्ने प्रश्नमा अध्यक्ष कार्कीले पहिलो पटक गरिएको यो महोत्सबमा केहि त्रुटि भएपनी आगामी दिनका लागी सकारात्मक पाटो भएको बताउदै लिस्बोन नगरपालिकाले आगामी दिनमा पुर्ण सहयोग गर्ने बचन दिएको साथै सम्पुर्ण संघ संस्था र खटिनु भएको सम्पुर्ण साथी भाईलाई धन्यवाद दिनु भएको छ ! त्यस्तै स्टल सम्योजक प्रकाश कडरियाले बिशेषता मौसमी कारणले भनेजस्तो स्टल ब्यबस्थापन पनि गर्न नसकिएको र थोरै समय भएकोले पनि यस पटकको कार्यक्रम ईतिहासिक मान्नु पर्ने बताउनु भयो !

images
प्रकाशित मिति :जेठ ३०, २०७५ बुधवार - १२:११:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend