Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

क्यानडामा महाबिर पुनको कार्यक्रम भव्यताका साथ सम्पन्न

क्यानडामा महाबिर पुनको कार्यक्रम भव्यताका साथ सम्पन्न

सतीश चापागाईं

१, आश्विन २०७५
images
  एनआरएनए क्यानडाले टोरन्टो शहरमा महाबिर पुनले स्थापना गरेको रास्ट्रीय आबिस्कार केन्द्रको कार्यक्रम भब्यताको साथमा आयोजना गरेको छ। यो पटक टोरन्टो क्षेत्रमा रहेका सम्पुर्ण नेपाली समुदायका सन्स्थाहरुलाई पनि आयोजकको भुमिका प्रदान गरेको छ।   कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष महाबिर पुनले आफुले बिदेसमा बस्ने नेपालीहरुबाट सीप, आर्थिक र समयको आभ्हान गरेका थिए। कार्यक्रमा अबैतानैक महाबाणिज्यदुत डा. कुन्जर शर्मा,नबराज गुरुङ, अभिमन्यु बस्नेत, प्रमिला बस्नेत, रमेश थापा, बिदुर के सि , नारायण घिमिरे , गोपाल भन्डारी, पन्डित रमेश भन्डारी, तुल्सी धरेल लगाएतले आफनो अभिब्यक्ति राख्नु भएको थियो।   टोरन्टोको ५ मेसि स्क्याएर्को टाउन हल खचाखच भरिएको कार्यक्रममा महाबिर पुनले करिब १घन्टा केन्द्रको उधेस्य, कार्यक्रम र भाबी योजनाको बारेमा बोल्नुभएको थियो भने अर्को करिब २ घन्टा प्रश्न उत्तर र छलफलमा बितेको थियो।   महासचिब चिरन्जिबी घिमिरेले सन्चालन गरेको कार्यक्रमा प्रबक्ता रबिन्द्र घिमिरेले उपस्थितहरुलाई स्वागत गर्नु भएको थियो भने अध्यक्ष गोपि कृष्ण काफ्लेको सभापतीत्वमा समापन भएको थियो। कार्यक्रमा उपस्थितहरुले कार्यक्रम धेरै रोचक, सुचना बर्दक, र अन्त्रकृयात्मर्मक रहेको हुदा एन आर एन क्यानडाले यी प्रकृतिका कार्यक्रमहरु गरिरहन जोड दिनु भएको थियो।   NCCS टोरोन्टो, सृजनशील नेपाली समाज क्यानाडा, टोरोन्टो NSC, बाग्लुंग सेवा समाज, नेपाली साहित्य समाज, क्यानाडा, कन्सर्न नेपाल, नेपलिज क्यानेडियन उमन एशोसियशन, इन्टरनेशनल आर्टिष्ट सोसाईटी र कुन्जर शर्मा एण्ड एशोसियटसले संयुक्त रुपमा कर्यक्रम गरेका थिए।  

images
प्रकाशित मिति :आश्विन १, २०७५ सोमवार - २०:२४:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend