Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

स्याङ्जा चापाकोटका बस्याललाई हार्वर्डमा पढ्न ४ करोडको छात्रवृत्ति

स्याङ्जा चापाकोटका बस्याललाई हार्वर्डमा पढ्न ४ करोडको छात्रवृत्ति

सतीश चापागाईं

२, आश्विन २०७५
images
स्याङ्जा : स्याङ्जा चापाकोटका विलसन बस्याललाई हार्वर्डमा पढ्न ४ करोडको छात्रवृत्ति पाएका छन् ।   हरेक वर्ष हजारौँ विद्यार्थीहरू हार्वर्ड कलेजको विभिन्न कार्यक्रमहरू पढ्न आवेदन दिने गर्दछन् । तर केवल केहिले मात्र हार्वडमा पढ्ने अवसर पार्ने गर्दछन् । क्लास अफ २०२२ (Class of 2022), स्नातक कार्यक्रमहरूको लागि स्याङ्जाका एक विद्यार्थीले छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । स्याङ्जा चापाकोटका वडा न ९ स्थायी निवासी भुवन वस्यालका छोरा १८ बर्षीय विलसन बस्यालले हार्वर्डमा स्नातक अध्ययनको लागि छात्रवृत्ति हासिल गरेका हुन् । उनले पोखराको गण्डकी बोर्डिङ स्कूलबाट ए–लेवल उत्तिर्ण गरेका थिए । विलसनले हारवार्डको पूर्ण छात्रवृत्ति ४ करोड भन्दा बढि बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् ।   उनले आफ्नो स्नातक अध्ययनमा भौतिक शास्त्र (फिजिक्स) र गणित बिषयलाई प्रमुख बनाएर पढ्नेछन् । बिज्ञान र गणित विषयमा अत्यन्त रुचि र लगाब भएका विलसनले सुरुमा बेलायतका अक्सफोर्ड विश्वविद्यालय वा क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्ने सपना देखेका थिए । तर ति विश्वविद्यालयहरुले उनका रुचिका विषयहरुमा एशियाका विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान नगर्ने कारण उनको सपना पुरा हुन सकेन । विलसनले अमेरिकाका लगभग दर्जन जति शीर्ष र मध्ययम स्तरका कलेजहरुमा अध्ययनका लागि आबेदन दिएका थिए । उनी केहिमा अस्वीकार पनि भएका थिए ।   हार्वर्डमा डिग्रीको लागि खर्च गर्न महङ्गो हुने भएकाले उनले पूर्ण छात्रवृत्ति पाए मात्रै पढ्ने अर्थमा आवेदन दिएका थिए र उनले पूर्ण छात्रवृत्ति प्राप्त गर्न पनि सफल भए । छात्रवृत्तिले सबै शिक्षण शुल्क, पुस्तकहरू, स्वास्थ्य बिमा, आवास, व्यक्तिगत खर्च, यात्रा भत्ता र अन्य खर्च समेट्ने छ । यो समाचार कालिगण्डकी खबर डटकमले लेखेको छ ।

images
प्रकाशित मिति :आश्विन २, २०७५ मंगलवार - १९:५४:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend