Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

गोली लागेर अमेरिकाको मेरिल्याण्डमा एक नेपाली महिलाको निधन अर्का एक नेपाली घाईते

गोली लागेर अमेरिकाको मेरिल्याण्डमा एक नेपाली महिलाको निधन अर्का एक नेपाली घाईते

सतीश चापागाईं

५, आश्विन २०७५
images
  मेरिल्याण्डको हार्डफोर्ड काउन्टीकोमा हिजो बिहिबार भएको गोली काण्डमा एक नेपाली महिला सहित ४ जनाको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन् । गोली लागेर ज्यान गुमाउनेमा ४१ बर्षकी नेपाली महिला वृन्दा गिरी रहेकी छिन । साथै, घाईते हुनेमा पूर्ण आचार्य रहेका छन् । घाईते आचार्य अहिले अस्पतालमा रहेको प्रहरीले सार्बजनिक गरेको बिज्ञप्तिमा उल्लेख छ ।     मृतक गिरी साढे पाँच महिना अघि मात्र अमेरिका आएकी उनको आफन्तले जनाएका छन् । उनका १४ बर्षकी छोरी र ११ बर्ष को छोरा छन् ।     बाल्टिमोरभन्दा ३५ माइल उत्तर पूर्व एबरडिनमा रहेको राईट एड कम्पनीको वितरण केन्द्रभित्र गोली चलेको हो । पार्ट टाइम कम गर्ने एक जना २६ बर्षिय महिला स्नोचिया मोज्लीले उक्त गोलि चलाएको प्रहरीले जनाएको छ । बिहान ९ बजेको समयमा उक्त गोली चलेको थियो ।     अरुलाई गोली हानेर उसले आफैलाई पनि गोली हानेको बुझिएको छ । ती महिलालाई प्रहरीले घाईते अवस्थामा अस्पताल लागेको र अस्पताल मै मृत्यु भएको जानकारी आएको छ ।   ती महिलाले ९ मिलिमिटर ग्लोक नामको ह्यान्ड गन चलाएको तर गोली चलाउनुको उद्देश्य बुझ्न नसकिएको पनि प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०७५ शुक्रवार - १८:१५:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend