Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

ओलीलाई नेपालको सुझाव -धेरै सुन्नुस कम बोल्नुस

ओलीलाई नेपालको सुझाव -धेरै सुन्नुस कम बोल्नुस

सतीश चापागाईं

८, आश्विन २०७५
images
  टेक्सास / अमेरिका   पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।   कार्यक्रम यु स्टाट अगेनसंग कुरा गर्दै पुर्व प्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताउनुभयो । सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको बताउंदै नेपालले नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सन्चालनका लागि पर्याप्त छलफलको अभाव भएको समेत बताउनुभएको छ ।   सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको बताउंदै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिनुभएको छ । दुई पार्टि बिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेता नेपालले एकता कमजोर नहुने बताउनुभयो । आफु ७० बर्ष पुग्ने समयसम्म सकृय राजनीति गर्ने नेपालले बताउनुभयो ।   कार्यक्रम यु स्टार्ट अगेनका लागि नेता नेपालसंग गरिएको कुराकानी प्रस्तुत छ:

images
प्रकाशित मिति :आश्विन ८, २०७५ सोमवार - ११:२१:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend