Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कोरियाका लागि नेपाली राजदूतको असभ्य हर्कत प्रधानमन्त्रीलाई जानकारी गराईने 

कोरियाका लागि नेपाली राजदूतको असभ्य हर्कत प्रधानमन्त्रीलाई जानकारी गराईने 

सतीश चापागाईं

१२, आश्विन २०७५
images
  दक्षिण कोरिया, १२ असोज । दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंह नेपाल पत्रकार महासंघको कार्यक्रममा असभ्य हर्कत गरेका छन् । राजदूत सिंहले आफूलाई प्रमुख अतिथि नबनाइएको भन्दै आयोजक माथि तथानाम गाली गरे मात्रै गरेनन् कार्यक्रम समेत बहिस्कार गरे ।   नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको छैठौं अधिवेशन सेप्टेम्बर २५ तारिखमा आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपालबाट आई पुगेका थिए, नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य । कोरियामा अध्यक्ष आउदैं गरेको प्रचार अधिवेशन अघि नै थियो । कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष आचार्य नै हुने सबैलाई जानकारी थियो ।   कार्यक्रममा राजदूत सिंहलाई पनि विशेष अतिथिको रुपमा निम्तो दिइएको थियो । कार्यक्रमको दिन राजदूत सिंहले आफूलाई आउन अलि ढिलो हुने तर आउने बताएका थिए । राजदूत कार्यक्रम सुरु भएको करिब २ घन्टापछि कार्यक्रम स्थलमा आए । उनलाई विशिष्ठ अतिथिका रुपमा ब्याच प्रदान गरिएको थियो । यसपछि सुरु भयो सिंहको हर्कत ।   यस लगत्तै राजदुत सिंहले आफु ढिलो आएपनि आफू नै प्रमुख अतिथि हुनुपर्ने भन्दै हर्कत सुरु गरे । त्यतिमात्रै होइन नेपालबाट आएका नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यमाथि समेत उनी खनिए । उनले भने, ‘मेरा सामुन्ने तिमीहरु पत्रकार होइनौ, पितकार हौ प्रोटोकल नजान्ने पत्रकार हुन्नन् ।’   राजदूत सिंह यसरी असम्भ रुपमा निरन्तर आयोजक माथि खनिएपछि सहभागीहरु पनि छक्क परेका थिए । कार्यक्रममा सन्नटा जस्त छाएको थियो । लज्जाजनक शैलीमा एकोहोरो खनिएका राजदूतले पत्रकारहरुलाई गाली मात्रै गरेनन् यस्तो गरे ठिक नहुने धम्की समेत दिए ।   राजदूत पत्रकारहरुलाई तथानाम गाली गरेपछि अब आउने दिनमा पनि यस्तो गल्ती गरे ठिक नहुने धम्की समेत दिए । उनले आफुबाहेक अर्को व्यक्ति प्रमुख अतिथि हुनै नसक्ने र त्यस्तो कार्यक्रममा आफनो अपमान हुने दाबी गरे ।   तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीकालमा नेपाली कांग्रेसको कोटाबाट गत बर्ष जेठमा उनी दक्षिण कोरियाका लागि राजदुतमा नियुक्त भएका थिए । वर्तमान केपी ओली नेतृत्वको सरकारले कार्यक्षमतामा समस्या भएको भन्दै राजदूत सिंहलाई फिर्ता बोलाउने निर्णय यस अघि नै गरिसकेको छ ।   यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राजदूतजस्तो अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिबाट नै राज्यको चौथो अंगमाथि भएको यस्तो घृणित क्रियाकलापले आफुलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । \ उनले कोरियामा दूतावासबाटै पत्रकारलाई धम्की आउने गरेको बारेमा केन्द्रलाई जानकारी भएको समेत बताए । अध्यक्ष आचार्यले राजदूतको यो किसिमको घृणित रबैयाको लिखित रुपमा परराष्ट्र, गृह एवम् प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउने बताए ।    

images
प्रकाशित मिति :आश्विन १२, २०७५ शुक्रवार - २०:३३:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend